काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा कपिल ढकाल नियुक्त भएका छन् ।
बैंकको सञ्चालक समितिको बुधबार (मंसिर २० गते) बसेको बैठकले ढकाललाई आगामी ४ वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
बैंकले बुधबारदेखि लागू हुने गरी उनलाई नियुक्त गरेको हो । यसअघि ढकाल यस बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत थिए ।
यस अघि बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका श्रीचन्द्र भट्टले राजिनामा दिएपछि बैंकले मंसिर ४ देखि लागु हुने गरि ढकाललाई कामु सीइओको जिम्मेवारी दिएको थियो ।