२०८३ साउन १७ आइतबार

चिरख्वा हाइड्रोपावरको आईपीओ ८५ हजार ९३० जनालाई प¥यो, सबैलाई १०/१० कित्ता

ई आर्थिक    बिहिबार, कार्तिक १६ २०८०
4K
Shares
चिरख्वा हाइड्रोपावरको आईपीओ ८५ हजार ९३० जनालाई प¥यो, सबैलाई १०/१० कित्ता

ई–आर्थिक, काठमाडौं । चिरख्वा हाइड्रोपावरको प्राथमिक सेयर ९आईपीओ० बाँडफाँट भएको छ । कुल ८५ हजार ९३० जना सर्वसाधारणले १० कित्ताका दरले कम्पनीको आईपीओ पाएका छन् ।

कम्पनीले ८ लाख ५९ हजार ३ सय कित्ता सेयर सर्वसाधारणका लागि निस्कासन गरेको थियो । कुल ११ लाख ३१ हजार ९३६ आवेदन स्वीकृत भएकोमा ८५ हजारले मात्रै आईपीओ पाएका हुन् । कम्पनीले कात्तिक २३ देखि २६ गतेसम्म आईपीओ निस्कासन गरेको थियो ।

कम्पनीले भोजपुरको षडानन्द नगरपालिकामा ४।७ मेगावाट जडित क्षमताको चिरख्वाखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माणको अन्तिम चरणमा रहेको जनाइएको छ ।

आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ रहेको छ । आयोजनाको प्रतिमेगावाट लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij