२०८३ भाद्र २६ शुक्रबार

आर्जन बचत तथा ऋण सहकारीले सेयर सदस्यलाई ८ प्रतिशत लाभांश दिने

ई आर्थिक    सोमबार, असोज १ २०८०
8.3K
Shares
आर्जन बचत तथा ऋण सहकारीले सेयर सदस्यलाई ८ प्रतिशत लाभांश दिने

ई–आर्थिक, ललितपुर । ललितपुर कुमारीपाटीस्थित आर्जन बचत तथा ऋण सहकारी संस्थाले शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ । शनिवार सम्पन्न संस्थाको १४औं साधारणसभाले सो लाभांश पारित गरेको हो ।

प्रतिवेदनअनुसार गत आर्थिक वर्ष (आव) २०७९/८० सम्ममा संस्थाको चुक्ता शेयर पूँजी ३ करोड ३९ लाख रुपैयाँ पुगेको छ । संस्थाको कारोबारमा भने अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा १२ दशमलव १० प्रतिशतले संकुचन आएर २९ करोड ५३ लाख रुपैयाँ पुगेको संस्थाको तथ्यांक छ ।

संस्थाका अनुसार गत आव २०७९/८० सम्ममा संस्थाले २२ करोड ३६ लाख रुपैयाँ बराबर निक्षेप संकलन र २३ करोड २१ लाख रुपैयाँ कर्जा लगानी गरेको बताइएको छ । गत आवसम्ममा आयकरपछिको खुद नाफा ७६ लाख रुपैयाँ आर्जन गर्न सफल भएको संस्थाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij