२०८३ साउन १७ आइतबार

एफडी मोटर्स र कुमारी बैंकबीच सम्झौता, डाउन पेमेन्ट बिनै शुन्य प्रतिशत व्याज दरमा विद्युतीय स्कुटर उपलब्ध गराउने

ई आर्थिक    बुधबार, साउन १७ २०८०
10.1K
Shares
एफडी मोटर्स र कुमारी बैंकबीच सम्झौता, डाउन पेमेन्ट बिनै शुन्य प्रतिशत व्याज दरमा विद्युतीय स्कुटर उपलब्ध गराउने

ई–आर्थिक, काठमाडौं । ग्रन्थ इलेक्ट्रिक भेहिकल प्राली (एफ डि मोर्टर्स) र कुमारी बैंकबीच सम्झौता भएको छ ।

एफ डि मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरु किन्न चाहने ग्राहकहरुलाई सरल र सहज रुपमा क्रेडिट कार्ड मार्फत शुन्य प्रतिशत व्याज दरमा ३ लाख रुपैयाँसम्म डाउन पेमेन्ट बिनानै कर्जा उपल्ब्ध गराउने गरी सम्झौता भएका हो ।

जस अन्र्तगत कुनै पनी ग्राहकहरुले कुमारी बैंक ली.वा एफ डि मोर्टर्सका सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर १२ महिना देखी १८ महिना सम्मको किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरु खरीद गर्न सक्नेछन् ।

यदी कुनै पनी ग्राहकले कर्जा को भुक्तानी अग्रीम रुपमा गर्न चाहेमा बिना शुल्क भुक्तानी गर्न सक्ने छन् ।

एफ डि मोर्टर्स ले हाल दुई ओटा मोडेल को इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij