२०८३ भाद्र ३० मंगलबार

प्रोग्रेशिभ फाइनान्सको सीईओमा अनिल श्रेष्ठ नियुक्ती, वित्तीय क्षेत्रमा २७ बर्षको अनुभव

ई आर्थिक    सोमबार, असार १८ २०८०
5.2K
Shares
प्रोग्रेशिभ फाइनान्सको सीईओमा अनिल श्रेष्ठ नियुक्ती, वित्तीय क्षेत्रमा २७ बर्षको अनुभव

ई–आर्थिक, काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अनिल श्रेष्ठ नियुक्त भएका छन् । शुक्रवार सम्पन्न सञ्चालक समितिको बैंठकले सोही दिनबाट लागू हुनेगरी श्रेष्ठलाई उक्त जिम्मेवारी दिएको हो ।

उनको कार्यकाल ४ वर्षको हुनेछ । विभिन्न वित्तीय संस्थामा २७ वर्षको कार्यानुभव रहेका श्रेष्ठ झण्डै १३ वर्ष रिलायन्स फाइनान्सको सीईओको जिम्मेवारीमा थिए । वित्तीय जोखिम व्यवस्थापन तथा अनुपालनमा अनुभवी श्रेष्ठको नेतृत्वमा संस्थाले थप उचाई हासिल गर्ने विश्वास फाइनान्सको छ ।

नवनियुक्त सीईओ श्रेष्ठले आफ्नो कार्यकालमा संस्थालाई अझ सबल, सक्षम र उत्कृष्ट बनाउन हरसम्भव प्रयास गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij