२०८३ साउन १४ बिहिबार

चालु आ.ब.को १० महिनामा नबिल बैंक बन्यो सबैभन्दा बढी नाफा कमाउने वाणिज्य बैंक, कुन र्बैंकको नाफा कति ?

ई आर्थिक    मंगलबार, असार ५ २०८०
2.4K
Shares
चालु आ.ब.को १० महिनामा नबिल बैंक बन्यो सबैभन्दा बढी नाफा कमाउने वाणिज्य बैंक, कुन र्बैंकको नाफा कति ?

ई–आर्थिक, काठमाडौं । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा नेपालका वाणिज्य बैंकमा सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ । सबै बैंकहरुको नाफा ५७ अर्ब १७ करोड २७ लाख रुपैयाँ हुँदा नबिल बैंकले मात्रै ६ अर्ब १२ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
सञ्चालनमा रहेका २१ वटा बैंकले वैशाख मसान्तसम्म ५७ अर्ब १७ करोड २७ लाख रुपैयाँ रकम नाफा आर्जन गरेका हुन् ।

बैंकहरुले चैत मसान्तमा ४८ अर्ब ७० करोड ४९ लाख रुपैयाँ कमाएका थिए । बैंकहरुको नाफा एक महिनाको अवधिमा ८ अर्ब ४६ करोड ७८ लाख रुपैयाँले बढेको छ ।

नबिल पछि धेरै नाफा कमाउने बैंक ग्लोबल आइएमई बैंक रहेको छ । दोस्रोमा धेरै नाफा कमाउने ग्लोबल आइएमई बैंकले ५ अर्ब ३४ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने तेस्रो स्थानमा रहेको एनआईसी एसिया बैंकले ४ अर्ब ३९ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ५ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ८९ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । वैशाख महिनासम्ममा ८ वटा बैंकको नाफा २ अर्ब माथी रहेको छ । २ अर्ब भन्दा कम नाफा हुनेमा ८ वटा बैंक रहेका छन् । सबै थोरै नाफा कृषि विकास बैंकको १ अर्ब २२ करोड २६ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij