२०८३ साउन १७ आइतबार

नेप्सेमा सिटी होटलको सेयर कारोबार सुरु

ई आर्थिक    आइतबार, जेष्ठ २८ २०८०
1.9K
Shares
नेप्सेमा सिटी होटलको सेयर कारोबार सुरु

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिटी होटल लिमिटेडको सेयर कारोबार सुरु भएको छ । आइतबार स्पेशल प्रि ओपनिङ सेसनमा प्रतिकित्ता १११.१० रुपैयाँ दरले यसको पहिलो कारोबार भएको हो ।

अब सोही भाउलाई आधार मानेर सिटी होटलको नियमित सेयर कारोबार हुनेछ । यस कम्पनीको कुल १ करोड ६७ लाख ४० हजार कित्ता सेयर बिहीबार सूचीकृत भएको हो । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ८७ रुपैयाँ ८३ पैसादेखि २६२ रुपैयाँ ४९ पैसासम्म तोकेको थियो । सोही रेन्जको न्यूनतम विन्दु नजिकबाट सेयर कारोबार खुला भएको हो ।  ‘सीआइटीवाइ’ संकेतमा यस कम्पनीको सेयर कारोबार सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij