२०८३ असोज १० शनिबार

लक्ष्मी बैंकको १४४ औं शाखा ललितपुरको हात्तीवनमा

ई आर्थिक    मंगलबार, चैत्र १४ २०७९
3.7K
Shares
लक्ष्मी बैंकको १४४ औं शाखा ललितपुरको हात्तीवनमा

ई–आर्थिक, काठमाडौं । लक्ष्मी बैंकले ललितपुरको हात्तीवनमा आफ्नो १४४ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ललितपुर महानगरपालिका–२८, हात्तीवनमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो ।

यससँगै बैंकको शाखा संख्या १४४ पुगेको छ । यस्तै बैंकले १४ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७९ एटीएम, २५०० भन्दा बढी रेमिट्यान्स् एजेन्ट तथा ६९ शाखारहित बैंकिङ्ग एजेन्टहरूमार्फत सेवा दिइरहेको छ ।

ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्ने, रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरूमाझ वित्तीय पहुँच पुर्याउने बैंकको लक्ष्य छ ।

बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त लगायतका वित्तीय सेवाहरूको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रमा आक्रामक रूपमा आफनो शाखा विस्तार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij