२०८३ भाद्र २९ सोमबार

सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार सुरु

ई आर्थिक    आइतबार, चैत्र १२ २०७९
8.6K
Shares
सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार सुरु

ई–आर्थिक, काठमाडौं । मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेका सानिमा लाइफ र रिलायन्स लाइफले बिहीबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् । एकीकृत कारोबार सुरु गर्न आयोजित समारोहमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मर्जरले बीमा कम्पनीको पुँजीसँगै क्षमता पनि बढ्दै गएको भन्दै कम्पनी हरेक विषयमा अनुसन्धान गर्न सक्ने भएको बताउनुभयो ।

बीमा कम्पनीले मर्जरपछि धेरै कुरामा खर्च बचाउन सक्ने हुँदा सिनर्जी आउने भन्दै अध्यक्ष सिलवालले कम्पनीले खर्च कटौती गर्दै ग्राहकलाई लगाउँदै आएको चार्ज पनि घटाउनुपर्नेमा जोड दिनुभयो । मर्जरपछि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गरिएको हो ।

दुवै इन्स्योरेन्स १ः१ सेयर स्वाप अनुपातमा मर्ज भएका हुन् । एकीकृत बनेको कम्पनीको चुक्ता पुँजी चार अर्ब १८ करोड रुपियाँ पुगेको छ । मर्जरअघि सानिमा लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी दुई अर्ब रुपियाँ र रिलायन्स इन्स्योरेन्सको चुक्ता पुँजी दुई अर्ब १० करोड रुपियाँ थियो ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका अध्यक्ष ताराचन्द्र केडियाले मर्जरपश्चात् नयाँ र सिर्जनशील प्रडक्ट ल्याएर उत्कृष्ट सेवाबाट सर्वोत्कृष्ट बन्ने लक्ष्यसहित अगाडि बढेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij