२०८३ भाद्र २८ आइतबार

कलैया बजार बन्द

ई आर्थिक    मंगलबार, माघ ४ २०७३
44.2K
Shares
कलैया बजार बन्द

४ माघ, बारा । स्थानीय तह पुनःसंरचना आयोगले कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउनु पर्ने माग पुरा नगरेको भन्दै उद्योग वाणिज्य संघ बाराले कलैया बजार बन्द गराएको छ। उद्योग वाणिज्य संघ बाराका कार्यवाहक अध्यक्ष विनोद बरैको नेतृत्वको टोलीले कलैयालाई उपमहानगरपालिका बनाउनकालागी सिफारिस नगरेको भन्दै कलैया बजार बन्द गराएको हो।

विरोध -यालीमा काँग्रेस,एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, फोरम लोकतान्त्रिक, तराई मधेस लोकतान्त्रिक पार्टी लगाय राजनीतिक दलका कार्यकर्ता र व्यापारीको सहभागिता रहेको छ।

सरकारले कलैया नगरपालिकालाई भेदभाव गरेको नारा लगाउँदै बिरोध -यालीले कलैयाका सबैजसो पसल बन्द गराएका छन्। कलैया नगरपालिका भित्र रहेका २५ वडा कायम राख्नु पर्ने, नगरपालिकासँग सीमाना जोडिएका नजिकका गाविसलाई जोडेर उपमहानगरपालिका बनाउनु पर्ने माग गर्दै कलैया बजार बन्द गरिएको हो।

आयोगले जिल्लाका एमाले र काँग्रेसका केही सांसदहरुसँग काठमाडौंमा छलफल गरी अव्यवहारिक तरिकाले नयाँ स्थानीय निकाय राख्न सुझाव सहित प्रतिवेदन सरकारलाई बुझाएको भन्दै त्यसलाई कार्यन्वयन गर्दा सदरमुकाम कलैयाको पहिचान मेटिने भन्दै कलैयालाई बचाउन आन्दोलन सुरु गरिएको कार्यबाहक अध्यक्ष बरैले बताउनुभयो।

पहिला बारामा छ वटा नगरपालिका र ६८ गाविस रहेकोमा अहिले तयार पारिएको प्रतिवेदमा केही काँग्रेस र एमालेका केही सांसदहरुले आफनो पार्टीका आधार क्षेत्र रहेको गाविसलाई एक ठाउँमा राख्न लागि अव्यवहारिका तरीकाले स्थानीय निकाय गठन गर्न लगाएकोले बिरोधकर्ताको आरोप रहेको छ।

आयोगले हालै एउटा सिमरा–जीतपुर उपमहानगरपालिका, कलैया,कोल्वी,महागढीमाई, सिम्रौनगढ र निजगढ गरी पाँचवटा नगरपालिका, सातवटा गाउँपालिका गरी १३वटा स्थानीय निकाय राख्ने प्रतिवेदन सरकारलाई बुझाएको छ।

सरकारलाई बुझाएको प्रतिवेदनमा आयोगले जिल्लाको पहिलो कलैया नगरपालिकाका केही वडालाई टुक्राएर सिमरा–जीतपुर उपमहानगरपालिकामा मिलाएको, कलैया नगरपालिकासँग सीमाना जोडिएको बन्जरिया, मटिअर्वा, बस्तपुर, मनहर्वालगायतका गाविसलाई कलैया नगरपालिकामा समावेश नगरी कलैया नगरपालिकालाई उपमहानगरपालिका नबनाएर भेदभाव गरेको भन्दै आन्दोलन गर्नु परेको माओवादी केन्द्रका नेता धुरी साले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij