२०८३ असोज २ शुक्रबार

खप्तड लघुवित्त वित्तीय संस्थाको आईपीओ विक्री आजदेखि खुल्यो

ई आर्थिक    बुधबार, भाद्र ८ २०७९
8.6K
Shares
खप्तड लघुवित्त वित्तीय संस्थाको आईपीओ विक्री आजदेखि खुल्यो

ई–आर्थिक, काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (बुधवार) देखि सर्वसाधारणका लागि आईपीओ विक्री खुल्ला गरेको छ । कम्पनीले १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

कुल कित्तामध्ये २ हजार कित्ता कर्मचारीहरूका लागि र ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको छ भने बाँकी १ लाख २३ हजार ४०० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा माग मबोजिम आवेदन नपरेमा भदौ २२ गतेसम्म आवेदन दिने समय थप हुनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी रू। २ करोड ६८ लाख रहेको छ । आईपीओ बाँडफाँट पश्चात् पूँजी रू। ४ करोड पुग्नेछ ।

आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । आवेदकले मेरो शेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सकिनेछ ।

आईपीओ निष्कासनका लागि गराइएको क्रेडिट रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आइआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij