ई–आर्थिक, काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको आईपीओ भोलि सोमवार विहान ९ बजे बाँडफाँट हुने विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जानकारी दिएको छ ।
कम्पनीको आईपीओमा २० लाख ४३ हजार २० जनाले २ करोड ३१ लाख १६ हजार ९० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीको आईपीओमा मागभन्दा २५ दशमलव २९ गुणा बढी आवेदन परेको हो । यस आधारमा कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ ।
यसरी बाँडफाँट गर्दा ९१ हजार ३७५ जना आवेदकले मात्रै शेयर पाउनेछन् । बाँकी १९ लाख ४१ हजार ६४५ जनाको हात खाली हुनेछ । कम्पनीले रू। ९ करोड ७५ लाख बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
कम्पनीले निष्कासन गरेको ९ लाख ७५ हजार कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् १२ हजार ५०० कित्ता कर्मचारीहरूका लागि तथा ५ प्रतिशत अर्थात् ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ भने बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।
इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्युअर रेटिङ’ डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम जोखिममा रहेको जनाउँछ ।