२०८३ भाद्र ३० मंगलबार

नेपाल फाइनान्सले दिएको ७० प्रतिशत हकप्रद शेयर विक्री सुरु, वैशाख २० गतेसम्म कायम शेयरधनीहरुले आवेदन दिन सक्ने

ई आर्थिक    शुक्रबार, जेष्ठ ६ २०७९
7.2K
Shares
नेपाल फाइनान्सले दिएको ७० प्रतिशत हकप्रद शेयर विक्री सुरु, वैशाख २० गतेसम्म कायम शेयरधनीहरुले आवेदन दिन सक्ने

ई–आर्थिक, काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले दिन लागेको ७० प्रतिशत हकप्रद शेयर आजदेखि निष्कासन गरेको छ । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ७ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले रू. १०० अंकित दरका ३४ करोड ५४ लाख ४७ हजार ४२७ रुपैयाँ ५० पैसा बराबरको ३४ लाख ५४ हजार ४७४ दशमलव २७५ कित्ता हकप्रद जारी गर्नेछ ।

उक्त हकप्रद निष्कासनका लागि कम्पनीले वैशाख २१ गते बुक क्लोज गरिसकेको छ । यसअनुसार वैशाख २० गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद शेयरको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा प्रभु क्यापिटल, नेपाल फाइनान्सका केन्द्रीय तथा शाखा कार्यालयहरु र धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरबाट जेठ २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको हकप्रदलाई इक्रा नेपालले इक्राएनपी आईआर सी प्लस रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ ।

हाल कम्पनीको चुक्तापूँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि उक्त पूँजी ८३ करोड ८९ लाख ४३ हजार ७५२ रुपैयाँ ५० पैसा पुग्नेछ ।
कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डले गत चैत ८ गते स्वीकृति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij