२०८३ भाद्र २९ सोमबार

महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा विद्यालयलाई पानी ट्याङ्की तथा ह्वाईट बोर्ड सहयोग

ई आर्थिक    बुधबार, चैत्र ३० २०७८
6.8K
Shares
महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा विद्यालयलाई पानी ट्याङ्की तथा ह्वाईट बोर्ड सहयोग

ई–आर्थिक, काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडको डडेलधुरा शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत अजयमेरु गाउँपालिकामा अवस्थित सहश्रलिंग उच्च मा. वि चमडालाई ह्वाईट बोर्ड तथा खानेपानी ट्याङ्की हस्तान्तरण गरिएको छ ।

विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमका बिच बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पठन पाठनमा सहजताका लागि ७ थान ह््रवाईट बोर्ड तथा पिउने पानीको सहजताका निम्ति १००० लिटर क्षमता भएको १ थान पानी ट्याङ्की हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रममा अजयमेरु गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष शिवराज भट्ट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि कृष्ण पाल, विद्यालयका प्रधानाध्यापक रन बहादुर ऐर, शिक्षक, विद्यार्थी, राजनितिक दलका प्रतिनिधी, अन्य विभिन्न संघ सस्थाका प्रतिनिधी, स्थानीय, पत्रकार तथा बैकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापकले विगत देखिनै बैंकले सामाजिक तथा आर्थिक रुपान्तरणमा विभिन्न कार्यक्रमहरु गरी उदाहरणिय कार्य गर्दै आएकोमा महालक्ष्मी विकास बैंकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा संचालन गर्ने कुरा डडेल्धुरा शाखाका प्रबन्धक प्रकाश खड्काले जानकारी गराउनुभयो ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा ईएमभी चिप्स बेस्ड ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरीसकेको छ । महालक्ष्मी विकास बैंक समग्रमा चिप्स बेस्ड ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक भएको बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij