२०८३ भाद्र २९ सोमबार

नेपाल लाइफको ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना सार्वजनिक, यस्ता छन् विशेषताहरू

ई आर्थिक    बुधबार, चैत्र २ २०७८
5.3K
Shares
नेपाल लाइफको ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना सार्वजनिक, यस्ता छन् विशेषताहरू

ई–आर्थिक, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ । कम्पनीले समय सापेक्ष ग्राहकहरुको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ नयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना यहाँहरु माझ प्रस्तुत गरेको हो । यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक तथा आजिवन जीवन बीमा हो ।

भनिन्छ मानव जीवन अनमोल छ तर आजको समयमा प्रत्येक व्यक्तिको अनमोल जीवनका हर पलहरु जोखिम नै जोखिमले भरिएको कुरालाई नकार्न सकिदैंन । यस्तो जोखिम मानिसको जीवनमा बाचुन्जेल चलिनै रहन्छ । तसर्थ मानिसको अनमोल जीवनमा विभिन्न जोखिमबाट आइपर्ने क्षतिलाई बीमाको माध्यमबाट न्यूनिकरण गर्न कम्पनिले सावधिक र आजिवनको विशेषता भएको ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना बजारमा ल्याएको हो ।

बीमा अवधि समाप्ती पश्चात पनि जोखिम वहन गर्नुको साथै कम्पनीले बहन गर्ने जोखिम अन्तर्गत बीमितले चाहेको समयमा उक्त जोखिम वहन बापतको समर्पण मूल्य भुक्तानी लिन सक्नु यो जीवन बीमा योजनाको अर्को विशेषता हो ।

यस्ता छन् विशेषताहरू :

१८ वर्षदेखि ६५ वर्षसम्म उमेर समुहका व्यक्तिले न्यूनतम ५ वर्षदेखि अधिकतम ५० वर्र्षसम्म अवधिको यो बीमा योजना लिन सक्नेछन् । बीमा समाप्तिमा अधिकतम उमेर ७० वर्ष रहेको छ भने न्यूनतम रू. २५,०००र–(पच्चिस हजार) देखि आयश्रोतको आधारमा जति पनि बीमाङ्क रकमको बीमा गर्न सकिने छ ।

बीमा शुल्क भुक्तानी तरिका छनोटको छुट वा थप शुल्क लाग्नेछ । यदि बीमालेख जारी गर्ने समयमा वार्षिक बीमा शुल्क भुक्तानी गर्ने तरिका छनोट गरेको छ भने बीमा शुल्कमा १% छुट प्राप्त हुनेछ तर अर्ध वार्षिक छनोट गर्दा छुट प्राप्त हुने छैन । त्यसैगरी यदि बीमालेख जारी गर्ने समयमा त्रैमासिक बीमा शुल्क भुक्तानी गर्ने तरिका छनोट गरेको छ भने बीमा शुल्कमा ३% थप लाग्नेछ भने मासिक छनोट गर्दा ६% थप लाग्नेछ ।

ऋण तथा समर्पण सुविधा

–वार्षिक ३ किस्ता बीमा शुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात समर्पण मूल्य प्राप्त गर्न सकिनेछ ।
–समर्पण मूल्य प्राप्त भएको बीमालेखमा समर्पण मूल्यको ९० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सकिनेछ ।
–बीमालेखको बीमा अवधि समाप्ति पश्चात पनि जोखिम बहन गरी रहने तर बीमितले चाहेमा, पूर्ण अवधि भुक्तानी भएको ५ वर्ष पूरा भैसकेपछि जुनसुकै समयमा समर्पण गर्न सकिने छ । यसको साथै बीमितले इच्छाइए अनुसार अग्रीम भुक्तानीको रुपमा उल्लेख भए अनुसार समेत भुक्तानी लिन सक्नेछ । । यसको लागि बीमितले बीमा शुरु गर्दाको समयमा नै कुन तरीकाको सरभाईवल बेनिफिट लिने भनि उल्लेख गर्नुपर्ने हुन्छ ।
–बीमालेखको बीमा अवधि समाप्ति पश्चातको समर्पण गणना गर्दा शुरुमा नै उल्लेख गरेको सरभाईवल बेनिफिट लिने तरिकालाई आधार मानि समर्पण मूल्य गणना गरिने छ तर यस्तो सर्मपण रकममा कर्जा प्राप्त हुने छैन ।

–बीमा अवधि समाप्ति पश्चातको समर्पण तथा सरभाईवल बेनिफिट सुविधा लिनको लागि म्याचुरिटीसम्मको सम्पूर्ण किस्ता समयमा नै भुक्तानी गरेको हुनुपर्ने छ ।

ऐच्छिक सुविधाहरु :

१) दुर्घटना मृत्यु लाभ सुविधा :

१८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम रू. १,००,००,०००र–(एक करोड) सम्मको दुर्घटना मृत्यु लाभ सुविधा लिन सकिने छ ।

२) बीमाशुल्क छुट तथा पूर्णअशक्तता लाभ सुविधा :

१८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम रू. १,००,००,०००र–(एक करोड)सम्मको बीमाशुल्क छुट तथा पूर्णअशक्तता लाभ सुविधा लिन सक्ने छ ।

३) घातक रोग सुविधा :

१८ वर्ष देखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम रू. ५०,००,०००र–(पचास लाख) सम्मको घातक रोग सुविधा लिन सक्ने छ ।

बीमाङ्क रकम भुक्तानी पाउने अवस्था

पूर्ण अवधि भुक्तानी 

बीमालेख चालु रही बीमा अवधि समाप्ती मितिसम्म बीमित जीवित रहेमा बीमा अवधि समाप्तीको अन्त्यमा बीमाङ्क रकम र आर्जित बोनस बीमालेख अवधि समाप्तिमा एकमुष्ट भुक्तानी दिइने छ ।

-आंशिक अवधि भुक्तानी

सबै किस्ता बीमाशुल्क भुक्तानी गरेको बीमालेखमा बीमा अवधि समाप्ति पश्चात बीमित जीवित रहिरहेमा तल उल्लेख गरे अनुसारको प्रतिशतमा बीमितले छनौट गरे बमोजिमको बीमाङ्क रकम पूनः प्रदान गरिने छ । जसको लागि बीमा शुरु गर्दाको समयमा नै बीमा अवधि समाप्ति पश्चात कुन तरिकाको बीमाङ्क लिने भनि उल्लेख गर्नुपर्ने हुन्छ ।

क) बीमितको उमेर ७५ वर्ष पुगे पछि बीमाङ्क रकमको ६०% भुक्तानी गरिने र बीमालेखको अन्त्य हुने ।

ख) बीमितको उमेर ८० वर्ष पुगे पछि बीमाङ्क रकमको ८०% भुक्तानी गरिने र बीमालेखको अन्त्य हुने ।

ग) बीमितको उमेर ८५ वर्ष पुगे पछि बीमाङ्क रकमको १००% भुक्तानी गरिने र बीमालेखको अन्त्य हुने ।

यदि बीमाशुल्क भुक्तानी अवधि समाप्ति पश्चात बीमितले आफूले उल्लेख गरेको आशिंक अवधि भुक्तानी उपभोग गर्नु अगावै बीमितको मृत्यु भएमा पुनः पुरा बीमाङ्क रकम प्रदान गरिने छ ।

-मृत्यु दावि भुक्तानी

 बीमालेख चालु रही बीमा अवधि समाप्ती भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्क रकम + आर्जित बोनश एकमुष्ट भुक्तानी दिइने छ ।
 सबै किस्ता बीमाशुल्क भुक्तानी गरेको बीमालेखमा बीमा अवधि समाप्ती पश्चातको सुविधा उपभोगको लागि छनौट गरेको उमेर भित्र जीवित लाभ रकम लिनु भन्दा अगाडि जुनसुकै समयमा बीमितको मृत्यु भएमा पूनः बीमाङ्क बराबरको रकम प्रदान गरिने छ ।
 बीमा अवधि समाप्ती पश्चात कुनै पनि घटना घटेमा ऐच्छिक सुविधा राइडर बेनिफिट : एडीबी/पीटीडी/पीडब्लूबी/सीआई वापतको रकमको दावि भुक्तानी दिइने छैन ।
 यदि दुर्घटना मृत्यु लाभ सुविधा लिएको अवस्थामा चालु बीमालेख अन्तर्गत बीमा अवधि समाप्ती भित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम+एडीबी सुविधा वापतको बीमाङ्क रकम+आर्जित बोनश रकम एकमुष्ट भुक्तानी दिइनेछ ।
 यदि दुर्घटना मृत्यु लाभ तथा पूर्ण अशक्तता लाभ सुविधा लिएको बीमालेख चालु रही बीमा अवधि भुक्तानी भित्र बीमितको दुर्घटनाको कारणबाट अङ्गभङ्ग भई पूर्ण अशक्तता भएमा बाँकी बीमाशुल्क भुक्तानीमा छुट दिइनुका साथै पूर्ण अशक्तता सुविधा बराबर रकम मासिक १२० समान किस्तामा अपाङ्ग अशक्त बीमितलाई भुक्तानी गरिनेछ ।
 सबै किस्ता बीमाशुल्क भुक्तानी नगरेको बीमालेख म्याचुरिटी भएमा बीमा अवधि समाप्ती पश्चातको थप सुविधा तथा सो अवधिमा कुनै घटना घटेमा घटना वापतको रकम प्रदान गरिने छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij