ई–आर्थिक, काठमाडौंं । राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा कर्मचारीका लागि जागिर खुलाएको छ । बैंकले ८१४ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो । बैंकले लोकसेवा आयोगको सहमतिमा खुला विज्ञापनमार्फत् स्थायी पदपूर्तिका लागि आइतबार गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरी सो दरखास्त आव्हान गरेको छ ।
सूचनामा जनाइए अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारले सोमबारबाट अनलाइन फाराम भर्न सक्नेछन् ।
बैंकले दुई जना वरिष्ठ प्रबन्धक मागेको छ भने ६ जना प्रबन्धक र १९ जना उपप्रबन्धकका लागि विज्ञापन आह्वान गरेको छ । त्यसैगरी सहायक प्रबन्धक (प्रशासन, कानुन, सूचना प्रविधि, नगद), वरिष्ठ सहायक र सहायक पदमा कर्मचारी माग गरेको हो । बैंकको सूचना अनुसार ५ मंसिरभित्र दरखास्त दिइसक्नुपर्नेछ ।
यो दरखास्त आव्हानसँगै अनुभविलाई विशेष अवसर मिलेको छ भने बेरोजगारीको भीडमा केही मात्रामा भएपनि राहत मिल्ने भएको छ ।