२०८३ भाद्र २६ शुक्रबार

नवकान्तिपुर बचत तथा ऋण सहकारीले १५ प्रतिशत लाभांश दिने, एसईईमा उत्कृष्ट अंक ल्याउने १० सहित १२ जनालाई सम्मान

ई आर्थिक    मंगलबार, असोज १९ २०७८
10.7K
Shares
नवकान्तिपुर बचत तथा ऋण सहकारीले १५ प्रतिशत लाभांश दिने, एसईईमा उत्कृष्ट अंक ल्याउने १० सहित १२ जनालाई सम्मान

ई–आर्थिक, काठमाडौं । काठमाडौंको बत्तिसपुतलीमा केन्द्रीय कार्यालय रहेको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शिवप्रसाद सिटौलाको अध्यक्षतामा सम्पन्न उक्त सभामा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेती रहेका थिए ।

सभामा विशेष अतिथिको रुपमा राष्ट्रिय सहकारी बैंकका पूर्वसञ्चालक तथा अडिटर्स एसोसिएसन अफ नेपाल (अडान) का संस्थापक अध्यक्ष कमल खरेल, नेपाल राष्ट्र बैंकका निर्देशक डा. राजन कृष्ण पन्तको उपस्थिति रहेको थियो । त्यसैगरी अतिथिहरुमा सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहाल, व्यवसायी राजेश कुमार रौनियार, राष्ट्रिय सहकारी बैंक चावहिल शाखाका प्रबन्धक जानुका नेपाललगायतको उपस्थिति रहेको थियो ।

सभामा सञ्चालक समिमितका उपाध्यक्ष बसन्त पौड्याल, सचिब मुकुन्द राज पाण्डे, कोषाध्यक्ष सबिना ढकाल, सञ्चालक सदस्य जानुका पौडेल, विद्यालक्ष्मी बज्राचार्य र निर्मला सेढाईको उपस्थिति रहेको थियो । त्यस्तै लेखा समितिका संयोजक बद्री सेढाईं र सदस्यहरु इन्दिरा थपलिया र मेनुका देबी ताम्राकारलगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी इन्द्रचोक शाखा प्रबन्धक मनोज कुमार सेढाईं, बत्तिसपुतली शाखा प्रबन्धक हरि प्रसाद पाण्डे, कर्जा शाखा प्रमुख खिलानाथ घिमिरे, कर्जा शाखाका डेपुटी मेनेजर भोला प्रसाद पाण्डे, कर्जा शाखाकै डेपुटी मेनेजर नारायण बाबु कँडेल, लेखा शाखाका डेपुटी मेनेजर सुसन महर्जन, लेखा शाखाकै डेपुटी मेनेजर सुशिला पाण्डे, नगद शाखाकी सरीता महर्जन, नगद शाखाकै डेपुटी मेनेजर संजिता मैनाली, नगद शाखाका डेपुटी मेनेजर विनोद कुमार सेढाईं, नगद शाखाका डेपुटी मेनेजर विकाश दुलाल र कानुन तथा कम्प्लाइन्स शाखाकी डेपुटी मेनेजर शर्मिला पाण्डेलगायतका उच्चतहका ब्यवस्थापन तहका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सभामा उपस्थित प्रमुख अतिथि, विशेष अतिथि, अतिथि तथा जुम तथा फेसबुक पेजमा लाइभ जोडिएका सेयरधनीहरुलाई संस्थाकी कोषाध्यक्ष सविना ढकालले स्वागत मन्तव्य राखेकी थिइन भने कार्यक्रमको सञ्चालन टेलिभिजन कार्यक्रम प्रस्तोता दिपक समिरले गरेका थिए ।

कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै सभामा भौतिक उपस्थिति न्यून गरिएको थियो । सभाको प्रत्यक्ष प्रशारण भने जुम प्रविधिको प्रयोग र संस्थाको आधिकारिक फेसबुक पेजबाट लाइभमार्फत सदस्यहरुलाई सहभागी गराई संस्थाको हालसम्मको प्रगति, संस्थाले भए गरेको कार्यक्रम तथा भाबि योजनाको बारेमा जानकारी गराइएको थियो ।

सभामा प्रमुख अतिथि, विशेष अतिथि, अतिथिलगायतले संस्थाको साधारणसभाको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै सहकारीका विविध पक्षको बारेमा आफ्ना धारणा राखेका थिए ।

सभामा आ.ब. २०७७/७८ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सञ्चालक समितिका अध्यक्ष शिव प्रसाद सिटौलाले संस्थाले २ अर्ब ६१ करोड २९ लाख ३३ हजार २०५ रुपैयाँ निक्षेप संकलन गरेको र १ अर्ब ५१ करोड ९५ लाख ३४ हजार ८१६ रुपैयाँ कर्जा लगानी गरेको जानकारी दिए । त्यस्तै संस्थामा २०७७/७८ मा पूँजी कोष २६ करोड ७२ लाख ९४५ पुगेको रहेको सभामा जानकारी दिइएको थियो ।

त्यसैगरी संस्थाले सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताब अध्यक्ष सिटौलाले सभामा प्रस्तुत गरेका थिए ।

सभामा लेखा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक बद्री सेढाईले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारणसभाको दोस्रो कार्यक्रमको बन्द सत्र संस्थाका सचिव मुकुन्द राज पाण्डेले सञ्चालन गरेका थिए । सभामा भएका छलफल तथा सञ्चालक समितिको तर्फबाट अध्यक्ष, लेखा समितिलगायतले प्रस्तुत गरेका विभिन्न प्रतिवेदनलाई पारित गर्न निर्णयार्थ सचिव पाण्डेले सदस्यहरुमाझ प्रस्तुत गरेका थिए । प्रस्ताव गरिएका सबै बिषय तथा प्रतिवेदन सभाले पारित गरेको थियो ।

सभामा काठमाडौंको जयबागेश्वरीमा रहेको १३ आना जग्गामा संस्थाको केन्द्रीय कार्यालय रहने आधुनिक भवन बनाउन प्रक्रिया थालिएको तथा कार्यक्षेत्र विस्तार गर्दै काभ्रेमा सेवा केन्द्र समेत स्थापना गर्न लागिएको जानकारी दिइएको थियो ।

सूचना र प्रविधिको अधिकतम् प्रयोग गर्दै आएको यो संस्थाले सदस्यहरुलाई अत्याधुनिक प्रविधियुक्त छिटो छरितो र सरल सेवा प्रदान गर्दै आएको छ । संस्थाले रेमिटान्स सुविधा, जीबन तथा निर्जिबन बीमा अभिकर्ता, मोबाइल वालेट, एटीएम सेवालगायतका आधुनिक र सदस्य उपयोगी सेवा उपलब्ध गराउँदै आएको छ ।

सभामा सदस्यका छोरा छोरी मध्ये एसईईमा उत्कृष्ट अंक ल्याउने छात्र छात्रा मध्ये १० जनालाई जनही नगद १० हजार १ रुपैयाँ, पदक र सम्मानपत्र सहित पुरस्कृत गरिएको थियो । यसरी पुरस्कृत हुने मध्ये छात्रमा प्रत्युस मैनाली, देव नायक बास्तोला, रोशनकुमार ठाकुर, इशान अधिकारी र शब्द न्यौपाने रहेका छन् । त्यसैगरी छात्रातर्फ निशा तामाङ, बिशुका विद्याधर, सुमना कार्की, रिशु राउत र सजिना श्रेष्ठ रहेको छन् ।

त्यस्तै लामो समय सेवा गर्ने कर्मचारीलाई प्रोत्साहनका साथै हौसला बढाउन संस्थाले १५ बर्षे सेवा अवधि पुरा गरेका दुई कर्मचारीलाई ‘दीर्घ सेवा पदक–२०७८’ ले सम्मान गरेको छ ।

उनीहरुलाई जनही नगद ७५ हजार १ रुपैयाँ र सम्मानपत्रसहित खादा ओढाएर सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेमा संस्थाका ऋण शाखाका डेपुटी मेनेजर नारायणबाबु कँडेल र मार्केटिङ शाखामा कार्यरत जुनियर असिष्टेन्ट रामकृष्ण अर्याल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij