२०८३ साउन १७ आइतबार

रेल्वे कम्पनीबाट कर्मचारी हटाइए, प्रबन्ध सञ्चालक झाले भने– ‘आफूखुशि हाजिर नगर्नु’

ई आर्थिक    सोमबार, भाद्र २१ २०७८
3.7K
Shares
रेल्वे कम्पनीबाट कर्मचारी हटाइए, प्रबन्ध सञ्चालक झाले भने– ‘आफूखुशि हाजिर नगर्नु’

ई–आर्थिक, काठमाडौं । नेपाल रेल्वे कम्पनीले यसअघिको नेतृत्वले ज्यालादारीमा नियुक्त गरिएका कर्मचारी हटाउने निर्णय गरेको छ । कम्पनीका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले विज्ञप्ति जारी गर्दै ती कर्मचारीलाई आफूखुसी हाजिर नगर्न भन्नुभएको छ ।

कानूनी तथा प्राविधिक कारणले जयनगर–कुर्था खण्डमा रेल सेवा सञ्चालनमा केही समय लाग्ने बताइएको छ । तत्कालीन व्यवस्थापनबाट ज्यालादारीमा खटाउने भनिएका व्यक्ति हाजिर गरिरहेका बताइएको छ ।

कार्यालयले काममा नखटाई आफूखुसी हाजिर गरेका आधारमा ज्याला रकम भुक्तानी गर्न नमिल्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij