२०८३ भाद्र २८ आइतबार

‘नेतृत्व परिवर्तन’ र ‘लेनदेन नेतृत्व’

ई आर्थिक    सोमबार, भाद्र ७ २०७८
23.7K
Shares
‘नेतृत्व परिवर्तन’ र ‘लेनदेन नेतृत्व’
डा. सुरज काफ्ले

बर्तमान नागरिकहरुको राजनैतिक मानसिकतामा राजनीतिक नेतृत्व प्रतिको सैदान्तिक धारणा/चित्र कस्तो कोरिएको छ ? नेतृत्व कसरी निर्धारण हुनु पर्दछ। मूल रुपमा नागरिक, नेतृत्व परिवर्तनको शैदान्तिक बहसमा छन् की यथास्थितिवादी ‘लेन देन नेत्रित्व’को जडशुत्रमै अव्यस्त छन् ।अथवा, भनौ, सक्षम एक प्रभाबकारी नेत्रित्वका निम्ति ‘नेत्रित्व परिवर्तन’ वा परम्परावादी ‘लेनदेन नेत्रित्व’ के हो त अवस्था ?

नेत्रित्व परिवर्तन लोकतन्त्रको जग हो । जसमा राजनीतिक दलहरु प्रति जनताको विश्वास अन्य राज्यका संस्थाहरु भन्दा निकै बडि हुन्छ।’लेनदेन नेत्रित्व’ अभ्यासमा क्रियाशील पार्टीहरु प्रति जनताको चासो नगन्य हुन्छ । जस्मा राजनीतिक नेताहरु राष्ट्रिय हितको सट्टा व्यक्तिगत स्वार्थ पुरा गर्न मै तल्लिन हुन्छन् ।

‘नेतृत्व परिवर्तन’ नेतृत्व प्रतिको दृष्टिकोण हो ।जुन व्यक्तिगत र सामाजिक प्रणालीमा परिवर्तन ल्याउने कारण हो ।यसको आदर्श रूपले नेताहरुको अनुयायीहरुको विकास गर्दै बिकासका लक्ष र बाटाहरु पहिल्याउन मार्ग प्रसस्त गरोस् ।

‘नेतृत्व परिवर्तन’ एक प्रक्रिया हो । जसमा, नेताहरु र अनुयायीहरु एक अर्काका परिपुरक, मनोबल र प्रेरणाका आधार, एक उच्च नैतिक मूल्य पद्धतिमा चल्ने साहस, बिस्वास र समजदारी राख्दै बिकासमा साझेदारी हुने अवसर राख्दछन्।

उता, ‘लेनदेन नेत्रित्व’ले कहिले रूपान्तरणको दृष्टिकोण राख्दैन । मान्छे र संगठनको जीवनमा महत्वपूर्ण परिवर्तनको सिर्जना गर्दैन परिवर्तनका अपेक्षा र आकांक्षाहरु लेनदेनबादका अ्नुयाईहरु बिच मात्र सिमित रहन्छ ।यो “दिनुहोस् र लिनुहोस्” को सम्बन्धमा आधारित हुन्छ । तर नेताको व्यक्तित्व, लक्षण र उदाहरणको माध्यम बाट परिवर्तन गर्ने क्षमता, एक ऊर्जावान दृष्टि र चुनौतीपूर्ण लक्ष्यको अभिव्यक्ति नेत्रित्मा परिवर्तन वा उर्जावान यूवा नेत्रित्को आकर्षणले मात्र गर्न सक्छ । जस्का निम्ति रूपान्तरणकारी क्षमता,नेताको अर्थ र नेताको आदर्श प्रतिबिम्बित भएको हुनु पर्दछ। उनीहरुमा टीम, संगठन/समुदायको लाभको लागि काम गर्ने एक नैतिक चरित्र जरुरी छ ।

लेनदेन नेताहरु सामान्यतया संगठनमा सांस्कृतिक परिवर्तनको लागि प्रयास गर्दैनन् । उनीहरु यथास्थिति बिस्वास गर्छन् । जबकि परिवर्तनकारी नेताहरु संगठनात्मक संस्कृति परिवर्तन गर्नको लागि हरदम प्रयासरत हुन्छन् ।

नेतृत्व भनेको यस्तो हुनु पर्छ जस्ले आफ्नो पार्टी को नक्शा लाई यसरी डिज़ाइन गरेको हुनुपर्योकी जस्मा बिकासका बिबिधताका आयामहरु लाई प्रस्ट द्रिय्टिकोण सहित उतारेको हुनु पर्यो । नेताले यस्तो वहस लाई अघि सार्नु पर्यो जहाँ व्यक्तिगत स्वार्थको सट्टा तथ्य र प्रमाणका आधारमा बहस केन्द्रित रहोस् । याने, अघिल्लो पंतिमा आउने नेत्रित्व उनिहरुको कामको महत्त्व, नैतिकता र समर्पणको आधारमा छानिनु जरुरी हुन्छ ।

नेता परिवर्तनकारी छ भने, अनुयायीहरुमा उसको प्रभावले यस्तो अर्थ राख्छकी अनुयायीहरुमा विश्वास, प्रशंसा, वफादारीता र नेताको लागि सम्मानको भावना र मूल रूपमा अपेक्षा गरे भन्दा कडा मेहनत गर्नको लागि तमतयार हुन्छन् ।

एक विकास उपकरणको रूपमा,परिवर्तनकारी नेतृत्वले यस्ता सकारात्मक नतिजाहरु निकाल्छन्की आफ्ना अनुयायीहरु लाई केहि मात्र आत्मलाभको लागि काम गर्न प्रेरित गर्दछन्। प्रेरणादायक मिशन र दर्शन संगको आवद्दताले अनुयायीहरुको पहिचान, आदर्श प्रभाव, बौद्धिक उत्तेजना र व्यक्तिगत विचारको प्रभावले यथास्थिति लाई चुनौती दिने गुणको बिकास गरिदिनु हुनाले नेत्रित्व परिवर्तनै समाज बिकासको आधार हो ।

नेताको भूमिका राष्ट्रको आवश्यकताहरु पुरा गर्नका लागि हो। जस्ले एक संरक्षक वा कोच को रूपमा कार्य गर्नु पर्दछ । जो जनताको चिन्ता र आवश्यकताहरु लाई सुन्छ र तत्काल कार्यान्वयनमा लान्छ । नेताले सहानुभूति र समर्थन दिन्छ । सञ्चार खुला राख्दछ ।अनुयायीहरुको अगाडि चुनौतिहरु पस्कन्छ ।समाधानका लागि सहभागितामूलक छलफल अगाडि बडाउँछ र उपयूक्त निर्णय लिन्छ ।

नेताले धारणाहरुलाई चुनौती दिन्छ ।जोखिम लिन्छ र अनुयायीहरुको विचार माग्छ। यस शैलीले नेताहरु लाई उत्साहित र आफ्नो अनुयायीहरुमा रचनात्मकता लाई प्रोत्साहित गर्दछ।

नेतामा अप्रत्याशित परिस्थितिहरु सँग मुकाविला गर्ने सक्ति र सिक्ने अवसर पनि हुन्छ।नेत्रित्वमा प्रेरणादायी दृष्टिकोण हुन्छ जस्ले समाज लाई आकर्षण गर्दछ ।

प्रेरणादायकको प्रेरणाले चुनौती संग लड्ने, भविष्यका लक्ष्यहरुको बारेमा आशाको संचार गराउने कार्य गर्दछ । नेत्रित्वको आदर्श प्रभावले उच्च नैतिक व्यवहारको लागि एक रोल मोडल प्रदान गर्दछ ।गर्व पैदा गर्दछ । सम्मान र विश्वास प्राप्त गर्दछ।

दुखको कुरा रक्तसंचार नै नभएको राजनैतिक जीवनहरुको थुप्रो बर्गेल्ति छरिएको देशमा, जनता प्रतिको प्रतिज्ञै महसुस नभएको राजनैतिक दलहरुका जमातमा नेता र पार्टीहरु प्रति मोह भंग हुँनु स्वभाबिकै हो।

तसर्थ, जबसम्म नेपालका नेताहरुले आफ्नो अहंकार र दम्भको सहज व्यवस्थापन गर्दैनन् ।संविधानमा निर्धारित प्रतिस्पर्धाका नियमहरुको पालनामा अंकुश लगाइनै रहन्छन् । युवा पुस्तालाई नेतृत्वमा सहज पहुँचसुनिश्चित गर्दैनन्।यो देश भगवान भरोसे चलिनैरहनेछ । नेत्रित्व परिवर्तनका लागि नभएर बाँडिचूँडी खानका निम्ति लेन्देन मात्र हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij