२०८३ भाद्र २४ बुधबार

सहकारीका अगुवा जोशीको सम्मानमा आज ललितपुरका सहकारी बन्द

ई आर्थिक    बुधबार, असार २ २०७८
10.2K
Shares
सहकारीका अगुवा जोशीको सम्मानमा आज ललितपुरका सहकारी बन्द

ई–आर्थिक, काठमाडौं । सहकारी अभियानका अगुवा राजेशहरि जोशीको सम्मानमा आज असार २ गते ललितपुरका सम्पूर्ण सहकारी संघ संस्था बन्द भएका छन् ।

ललितपुर जिल्ला सहकारी संघ सहित जिल्लाका नौ विषयगत संघहरुले एक संयुक्त विज्ञप्ति निकालेर सहकारी अभियानमा जोशीले पु¥याएको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली स्वरुप आज एक दिनका लागि ललितपुरका सम्पूर्ण सहकारी संस्था बन्द गर्न अपील गरेको थिए ।

ललितपुरको गाबहालमा रहेको नेशनल डेभलपमेन्ट को–अपरेटिभ सोसाइटी लिमिटेडको कार्यकारी अध्यक्ष समेत रहेको जोशीले सहकारी क्षेत्रमा लामो समयदेखि सक्रिय योगदान पु¥याउँदै आएका थिए । राष्ट्रिय सहकारी बैंकका संस्थापक अध्यक्ष जोशी वित्तीय, सहकारी तथा आर्थिक क्षेत्रका दर्जन जति संघ÷संस्थामा आवद्ध थिए । उनी जिल्ला सहकारी संघ लिमिटेड ललितपुरका सल्लाहकार समेत थिए ।

आइतवार साँझ ६६ बर्षको उमेरमा जोशीको निधन भएको थियो ।

दिवंगत जोशीले सहकारी अभियानलाई नजिकबाट बुझेको र सहकारी बैंकको स्थापनामा समेत महत्वपूर्ण भूमिका खेलेको संघका अध्यक्ष दुलालले सम्झना गरे । ‘विषम परिस्थितिमा पनि सहकारी संस्थाहरुका लागि बैंकको आवश्यकता महशुस गरी हालको राष्ट्रिय सहकारी बैंक स्थापनामा जोशीको ठूलो योगदान थियो र वहाँ बैंकको संस्थापक अध्यक्ष हुनुन्थ्यो ।’ दुलालले भने, “ललितपुरको सहकारी अभियानालाई गोलबन्द गराई उचाईमा पुर्याउन उहाँको ठूलो भूमिका रहेको छ ।’

‘२०६० सालमा मैले जोशीलाई पहिलो पटक भेटेको त्यो भन्दा अघिदेखि नै उहाँ सहकारी अभियानमा क्रियाशील हुनुहुन्थ्यो,’ उनले थपे ।

जोशीको पार्थिव शरीरमा गणेशमान मेमारियल अस्पतालमा राखेर श्रद्धाञ्जली कार्यक्रम समेत गरिएको थियो ।

सहकारीकर्मी, शुभचिन्तक, आफन्तजन र विभिन्न क्षेत्रका व्यक्तित्वहरुले जोशीको पार्थिव शरिरमा माल्यार्पण गरेका थिए ।

सहकारी बचत तथा ऋणमा मात्र सीमित हुनुहुँदैन र यसमार्फत विभिन्न क्षेत्रमा काम गर्नुपर्छ भन्ने मान्यता राख्ने जोशी सहकारीमार्फत स्वास्थ्य सेवा पु¥याउनुपर्छ भन्ने उद्देश्यका साथ गणेशमान अस्पताल र महेन्द्रनारायण निधि अस्पतालमा समेत संलग्न रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij