२०८३ भाद्र ३० मंगलबार

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा लगानी गर्ने सोच छ ? यदी छ भने आज अन्तिम दिन

ई आर्थिक    शुक्रबार, जेष्ठ २८ २०७८
8.1K
Shares
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा लगानी गर्ने सोच छ ? यदी छ भने आज अन्तिम दिन

ई–आर्थिक, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ऋणपत्रमा आवेदन दिने आज (शुक्रवार) अन्तिम दिन रहेको छ । बैंकले ८ दशमलव ५ प्रतिशतको आरबीबीएल डिवेन्चर २०८३ नामक ६ वर्ष अवधि भएको वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको ऋणपत्रमा आवेदन माग गरेको थियो ।

कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र विक्री गरेको गरिरहेको छ । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिने बैंकले जानकारी दिएको छ ।
प्रतिकित्ता रू. १ हजार दरका कुल २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाई विक्री गरिरहेको छ । सोका लागि ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड र निष्कासनकर्ता कम्पनी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आपसी सहमतिमा विक्री वितरण गरिएको हो ।

साथै, सर्वसाधारणका लागि छुट्याइएको ४० प्रतिशत अर्थात् १० लाख कित्ता भने सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट ऋणपत्र विक्री गरिनेछ ।

उक्त ऋणपत्रको विक्री बन्द हुने ढिलो अवधि असार ८ गतेसम्म रहेपनि माागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिमै विक्री बन्द हुन लागेको बैंकले जानकारी दिएको छ । उक्त ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।

ऋणपत्र खरीदका लागि राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु, सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij