२०८३ साउन ९ शनिबार

रिलायन्स फाइनान्सले १०.५३ प्रतिशत लाभांश दिने

ई आर्थिक    शुक्रबार, बैशाख २४ २०७८
6.5K
Shares
रिलायन्स फाइनान्सले १०.५३ प्रतिशत लाभांश दिने

ई–आर्थिक, काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले १०.५३ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको ११औं वार्षिक साधारण सभाले उक्त लाभांश दिने निर्णय गरेको हो । सभाले १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेकाले कम्पनीले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै भर्चुअल माध्यमबाट साधारणसभा सम्पन्न गरेको थियो । कम्पनीको १० प्रतिशत बोनस सेयर वितरण पछि पुँजी ९१ करोड ५६ लाख ५७ हजार रूपैयाँ पुगेको छ ।

साधारणसभाको असवरमा कम्पनीका अध्यक्ष कुश प्रसाद मल्लीले सम्पूर्ण शेयरधनी, नियामक निकायहरू, ग्राहक महानुभावहरू, संचालक समिति, कर्मचारी, व्यवस्थापन समिति, पुर्वसञ्चालकहरू लगायत सम्पूर्ण शुभेच्छुकहरूमा हृदय देखि धन्यवाद व्यक्त गरे । साथै उनले आगामी दिनमा सबै आत्मियजनहरूबाट विगतको जस्तै सहयोगको अपेक्षा राखे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij