ई–आर्थिक, इलाम । कसैको विहे, पास्नी ब्रतबन्ध, जन्मदिन, विवाहमा उपहार दिनु पर्दा के दिने भनेर जो केहीलाई केही समय सोच्न बाध्य बनाउँछ । केहीले यस्तो उपयोगी उपहार दिने सोच बनाएको सुन्दा सबैले प्रशंसा गर्ने गर्दछन् । यस्तै प्रशंसा गर्ने उपहार दिएका छन्, ज्ञानबहादुर कुँवर ।
महालक्ष्मी लाइफ इन्स्योरेन्स विर्तामोड शाखाका बरिष्ठ एजेन्सी म्यानेजर समेत रहेका कुँवरले समय अनुसार उपहार दिने परम्परालाई पनि परिवर्तन गरेको सन्देश दिएका छन् । पहिला दिइने गरेको बिभिन्न दैनिकी घरमा आवश्यक सामाग्रीका उपहार भन्दा यो उपयोगी मानिएको छ ।
क्रमश बिलासीका वस्तु समेत उपहार दिइने चलन चल्दै हाल जिवनकै अमुल्य उपहारका रुपमा बिमा पोलिसी दिइने चलन बढ्दै गएको छ ।
कुँवरले भर्खरै आफ्नी सालीलाई १० लाखको बिमा पोलिसी उपहार दिएका छन् । झापा बिर्तामोड निवासी कुँवरले साली रुपा सुवेदीदाई बचत र सुरक्षाका लागि महत्वपुर्ण भएकाले बिमा पोलिसी हस्तान्तरण गरेको बताए । उनले भने गाग्रो र परम्परागत उपहार भन्दा पनि बर्षौसम्म उपयोग र सम्झना होस् भन्ने हेतु ले पोलिसी दिएको हुँ । पछिल्लो समय विवाह व्रतवन्ध, पास्नी, वैवाहिक बर्षगाँठको अवसरमा दिइने उपहारको प्रकार परिवर्तन भएसँगै आफुले पनि सो उपहार दिएको बनले बताए । आजकल ओइलाएर जाने फुलको बुकी होइन जीवन नै हराबरा बनाउने बीमा पोलिसीउपहार दिनु आवश्यक छ ।
यो नौलो र उपहार भएपनि पछिल्लो समय यस्तो क्रम बढ्दै गएको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका क्षेत्रीय उपप्रवन्धक गुञ्जन थापाले बताए । कुँवरद्धारा उपहार स्वरुप महालक्ष्मी साबधिक बीमा पोलिसी वापत रु १० लाख रुपैयाँ बराबरको बीमा पोलिसी उपहार दिएको कम्पनीले जनाएको छ ।
जसरी विवाहलाई जिवनको एउटा कर्म मानिन्छ उसैगरि बिमालाई समेत बुझ्नु पर्ने मान्यता स्वरुप सो पोलिसी हस्तान्तरण गरिएको बरिष्ठ एजेन्सी मेनेजर कुँवर बताउँछन् । जिवनका यस्ता महत्वपुर्ण शुभ कार्यमा जिवन बिमा नै एक सहि उपहार साबित होस भनेर अभियान नै सञ्चालन हुनु पर्ने उनको भनाई छ ।