२०८३ साउन ९ शनिबार

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न

ई आर्थिक    शुक्रबार, चैत्र ६ २०७७
11.9K
Shares
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न

ई–आर्थिक, काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) को नवौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएकोे छ । वित्तीय संंस्थाका अध्यक्षसचिन जङ्ग रायमाझीकोे सभापतित्वमा सम्पन्न साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो ।

प्रमुख अतिथिको रुपमा सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले विगत केही वर्ष यतादेखि आशा लाग्दो तरीकाबाट व्यवसाय विस्तार गरेकोमा सञ्चालक समिति र व्यवस्थापनलाई धन्यवाद दिनुभयो ।

गाउँ बस्तीमा रहेका विपन्नवर्गका घरदैलोमा पुगेर सेवा दिई गरीबलाई धनी बनाउने पुण्य कार्यमा अहोरात्र खटिने सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिनुहुंदै संस्थाको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभयो ।

नवौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु तथा लाभांश पारित गरेको छ भने सर्वसाधारण सेयरधनीहरुको तर्फबाट संस्थाको सञ्चालकमा श्री सुनिता आचार्यज्यू निर्विरोध निर्वाचित हुनुभएको छ ।

कार्यक्रमका सभापति सचिन जङ्ग रायमाझीज्यूले सम्पूर्ण सेयरधनी तथा आमन्त्रित महानुभावहरु प्रति आभार व्यक्त गर्दै साधारणसभा सफल बनाई दिनु भएकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।

यस वित्तीय संस्थाले हाल सम्म ५५ ओटा शाखा कार्यालयहरु मार्फत २९ ओटा जिल्लाहरुमा ४४ हजार भन्दा बढि सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै करिब ५४ करोड ४८ लाख बचत संकलन गरी करिव २ अर्ब ४ करोड लगानी गरेकोे छ भने निकट भविष्यमा थप स्थानहरुमा समेत आफ्ना सेवाहरु विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij