२०८३ भाद्र २८ आइतबार

खै धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि ?

ई आर्थिक    आइतबार, असार १४ २०७७
31.2K
Shares
खै धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि ?

सन्दर्भ धान दिवस

सबैको मुख मंगलमा साझा रुपमा बजिरहने एक मन्त्र भनेको नै नेपाल कृषिप्रदान देश हो । यो भन्दै गर्दा खेरि हामीले कृषि प्रदान देश हुन गर्नु पर्ने काम र हाम्रो क्रियाकलापमा पूर्णबिराम जस्तै लागेको अनुभब भएको छ ।

नेपालका नीति तथा कार्यक्रम कृषि उत्पादन लाई लक्षित नभई, हुने खाने र पहुँचवालाको खल्तीमा मात्र पसेको अनुभब भएको छ । सर्बप्रथम अब मलाई लागेको कुरा यदी कार्यन्वयनको बाटोमा जान सक्दैन भने छोडिदिनोस् अब तपाईका मोह लाग्दा नारा र नीति पनि ।

कृषिमा आधुनिकीकरण गर्छु भन्दै हिड्नेलाई के भन्न चहान्छु भने पख्नुहोस पहिले तपार्इको आधुनिकीकरणको बाटोलाई अगाडी बढाउने कृषि बिद्यार्थीले के आधुनिक कृषि पढ्न र देख्न पाएका छ त ? अवष्य छैनन् । जुन आधुनिकीकरणको सपना तपाइले देख्नु भएको छ, त्यो केवल आकाशको फल आखातरी मार’ नहोला भन्न सकिदैन ।

वर्षेनी मनाइने कृषिसम्बन्धि दिवसहरु आखिर के को लागि ? आजको यो युगमा दिवस र नाराले सायदै अपुगनै होला कि ? २०१९ भन्दा आगाडी हामीलगायत सम्पूर्ण विश्वले भन्ने नारा नलगाएका होलान र आजको यो विषम परिस्थितिमा काम गर्न आवश्यक छ र यी नारा र दिवसको मध्यमबाट अगाडी बढ्नु अति नै आवश्यक छ ।

आजको यस आत्मनिर्भरता र समृद्धिको नारा आखिर नारामा मिठास ल्याउन मात्र प्रयोग भएको छन् सम्पूर्ण नेपालीहरुले । नेपाल यस्तो देशहो जहा धानको उत्पादनले मात्र सम्पूर्ण कृषि क्षेत्रको २० देखि २१ प्रतिशत ओगटेको छ । अब एक चोटी सोच्नु पर्ने कुरा यहाँ आउछ, मुलुकको अर्थतन्त्रलाई प्रत्यक्ष प्रभाव गर्ने धानको उत्पादनलाई उपभोक्ताको मागसँग जोड्न नसक्दा बार्षिक रुपमा धान र चामलको आयात दर बढ्दै गएको छ ।

एक आर्थिक वर्षमा २४ अर्बको धान आयात हुन्छ । अब भन्नुस आत्मनिर्भर भनेको यही हो त ? यति मात्र होइन गत आर्थिक वर्षको भन्दा झन्डै २०.६८ प्रतिशत बढी धान आयात भएको छ । अब कृषि क्षेत्रको विकासको लागि विभिन्न नीति नियमको कार्यान्वयनलाई ध्यान दिन आवश्यक छ । यस महामारी पछिको एक मात्र मार्गदर्शन भनेकै कृषि क्षेत्र हो । त्यसैले अब स्थानीय निकायबाटै कृषि व्यावासायीकरण र आधुनिकीकरणमा ध्यान दिनु आवश्यक छ ।

ग्रामिण क्षेत्रमा कृषि पेसा पछिल्लो कालमा आएर घट्दै छ, पर्याप्त मात्रामा जनशक्ति नपाउदा, मल बिउको समस्या, सिचाईको असुविधा, परम्परागत खेति प्रणाली र उत्पादन भएको अन्नले बजार नपाउदा जस्ता समस्याहरु आइपरेका छन् । परम्परागत खेति प्रणालीमा आधारित कृषकहरु कृषि बाटै जीवनयापन गर्ने नसक्ने भएका छन् ।

आत्मनिर्भर र समृद्धि कहिले ?

एउटै आर्थिक वर्षमा झन्डै २० अर्ब रुपैयाको धन्न तथा चामल आयात भईरहेको आकडा आएको बेला आत्मनिर्भरको कुरा धेरै टाढा जस्तो छ । सोझो हिसाबले पनि नेपाललाई पूर्ण आत्मनिर्भर हुन् ७० लाख मेट्रिक टन धान वर्षेनी चाहिने देखिन्छ । सरकारले पाँच वर्षमा कृषि उत्पादन दोब्बर बनाउने लक्ष्य राखेको छ र त्यसका लागि धानको पनि उत्पादन उस्तै अनुपातमा दोब्बर हुनुपर्छ ।

अब ?

सर्बप्रथम नेपाली कृषि क्षत्रको दुखदायी पक्ष भनेको कृषि क्षेत्रमा संलग्न किसान हुन् । किनभने यहाँ कृषि त्यो ले गर्छ जसलाई कृषिको वारेमा सामान्य जानकारी पनि हुदैन । त्यसैले कृषि क्षेत्रमा शिक्षाको महत्व धेरै रहेको छ ।

किसानको घर दैलोमै पुगि कृषि प्राबिधिकले जानकारी दिन जरूरी छ । साथै विभिन्न आधुनिक बिधि र उपकरणको प्रयोग गरी कृषि क्षेत्रको विकासले टेवा पाउन सक्छ । मुख्य कुरा कृषि क्षेत्रको सबै भन्दा पिडित वर्ग भनेकै किसान हो । त्यसैले जति पनि काम हुन्छन सबै कृषकसंँग पुग्नु पर्छ तब मात्र हामीले कृषि पेश तर्फ किसानलाई अग्रसर गर्न सकिन्छ ।

देशको मेरुदण्ड भनिने युवालाई प्रोत्साहन गर्न आवश्यक छ। कृषि विश्वबिद्यालयको शैक्षिक विकास गर्नु जरूरी छ । गुणस्तरीय मात्र नभई व्यवहारिक शिक्षाको आवश्यक छ । तब मात्र दक्ष जनशक्तिको उत्पादन हुन्छ । कृषि क्षेत्रलाई अध्ययन, अनुसन्धान, प्रविधिको विकास, सबै किसानलाई प्रविधिबारे जानकारी र कृषि बजारको सुद्दढकरणमा उचित लगानी हुन सकिएको खण्डमा कृषिको यथोचित प्रगति हुने थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij