२०८३ साउन १२ मंगलबार

कामदार भिसामा अमेरिका जाने सोचमा हुनुहुन्छ ? आजदेखि अनलाइन दर्ता खुल्यो

ई आर्थिक    आइतबार, फाल्गुन १८ २०७६
14K
Shares
कामदार भिसामा अमेरिका जाने सोचमा हुनुहुन्छ ? आजदेखि अनलाइन दर्ता खुल्यो

ई–आर्थिक, काठमाडौं । के तपाई कामदार भिसामा अमेरिका जाने सोचमा हुनुहुन्छ ? यदि त्यस्तो सोच बनाउनु भएको छ भने अमेरिकाले कामदारको रुपमा अमेरिका जानेलाई अवसर प्रदान गर्दैछ । अमेरिकी कामदार ‘भिसा एचवान बी’ आज मार्च १ बाट खुल्ने भएको छ । पूर्वीय समय अनुशार ‘भिसा एचवान बी’ भोलि मार्च १ तारिख दिउँसो १२ बजेदेखि मार्च २० तारिखका दिन दिउँसो १२ बजेसम्म खुल्ने युएससीआईएसले जनाएको छ।

युएससीआईएसका अनुसार, आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तोकिएको अवधिभित्र विश्वभरबाट अनलाईन मार्फत आवेदन दिन सकिने छ । अनलाईन फर्म दर्ता गर्न १० डलर शुल्क लाग्नेछ । यसपछि युएससीआईएसले कन्फर्मेशन नम्बर उपलब्ध गराउनेछ।

कामदार भिसाका लागि इच्छुक आवेदकले अनलाइनमार्फत दर्ता गराउनका लागि युएससीआइएसको अनलाइन एकाउन्टको प्रयोग गनुपर्नेछ । यसरी अनलाइन प्रणालीबाट छनोट भएकाहरुको नाम मार्चको ३१ मा सुचित हुनेछ ।

उच्च शिक्षा प्राप्त गरेका एचवानबी कामदारका लागि यो बर्षदेखि नयाँ प्रकृयाको थालनी हुन लागेको हो । पहिलोपटक अमेरिकी रोजगारदाताले क्षमतावान उच्च शिक्षा प्राप्त कामदारहरुका लागि अनलाइनमार्फत रजिस्ट्रेशन गर्न पाउने भएका छन् ।

ब्याचलर डिग्री गरेकाहरुका लागि ६५ हजारको कोटा रहेको छ भने अमेरिकामा मास्टर्स डिग्री गरेकाहरुका लागि २० हजारको कोटा रहेको छ । तर अमेरिकामा मास्टर्स डिग्री गरेकाहरुले ६५ हजारको कोटामा समेत भाग लिन पाउनेछन् ।

युएससीआईएसको सूचना :

यस्तो अनलाइनबाट आवेदन दिने तरिका

पूर्ण जानकारीका लागि युएससीआईएस

https://www.uscis.gov/news/alerts/initial-h-1b-registration-period-opens-noon-eastern-march-1

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij