२०८३ भाद्र ३० मंगलबार

सानिमा बैंकको ‘नारी बचत खाता’ संचालनमा, मासिक एक रुपैयाँ विपन्न नारीका लागि उपयोग गर्ने

ई आर्थिक    बिहिबार, फाल्गुन १ २०७६
8.4K
Shares
सानिमा बैंकको ‘नारी बचत खाता’ संचालनमा, मासिक एक रुपैयाँ विपन्न नारीका लागि उपयोग गर्ने

ई–आर्थिक, काठमाडौं। सानिमा बैंकले सानिमा नारी बचत खाता सञ्चालनमा ल्याएको छ ।

“बचत आफ्ना लागि सहयोग नारीका लागि” भन्ने उद्देश्यका साथ बैंकले ल्याएको यस योजनामा हरेक नारी बचत खातावापत बैंकले आफ्नो तर्फबाट मासिक १ रुपैयाँ विपन्नवर्गका महिलाको उत्थान तथा स्वास्थ्य उपचारमा उपयोग गर्दै आएको छ ।

महिलाले आफ्ना लागि नारी बचत खाता खोल्दा अप्रत्यक्ष रुपमा विपन्न वर्गका नारीको हित हुने बैंकले जनाएको छ ।

यससँगै प्रविधियुक्त बैंकिङ्ग तथा नगद रहित कारोबारलाई प्रोत्साहन गर्नका लागि बैंकका नारी खातावाहक ग्राहकले बैंकको डेबिट कार्डबाट बिलभुक्तानी गर्दा हरेक शनिबार १५% क्यासब्याक वा अधिकतम् पाँच सयसम्म छुट प्रदान गर्ने भएको छ । जसबाट हरेक महिना सामान खरिदमा २ हजारसम्म बचत गर्न सकिने छ । उक्त क्यासव्याक योजना २०७६ फागुनदेखि २०७७ वैशाखसम्म तीन महिनाको लागि लागू हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij