२०८३ साउन ९ शनिबार

सेन्चुरी बैंकले बढायो नाफा, अघिल्लो आबको तुलनामा २५ प्रतिशतले बढ्यो नाफा

ई आर्थिक    बुधबार, माघ २९ २०७६
10.7K
Shares
सेन्चुरी बैंकले बढायो नाफा, अघिल्लो आबको तुलनामा २५ प्रतिशतले बढ्यो नाफा

ई–आर्थिक, काठमाडौं । चालु आर्थिक वर्षको पुुससम्ममा सेन्चुरी बैंकको नाफा २५ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको पुससम्ममा ५१ करोड ८१ लाख रुपैयाँ खुद नाफा गरेकोमा यस वर्षमा बढेर ६५ करोड रुपैयाँ पुगेको छ।

बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार चालु आवको पुससम्म बैंकले ६१ अर्व २४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५९ अर्व ५० करोड रुपैयाँ ऋण लगानी गरेको छ।

अघिल्लो वर्ष बैंकको निक्षेप ६० अर्व २७ करोड र कर्जा ५६ अर्व ९७ करोड रुपैयाँ रहेको छ । चालु आवको पुसम्म बैंकको आधार व्याजदर १०.३५, स्प्रेडदर ४.७६ र कस्ट अफ फण्ड ७.८६ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij