२०८३ साउन ९ शनिबार

मेगा बैंकको सिइओलाई‘उत्कृष्ट महिला व्यवस्थापक अवार्ड’

ई आर्थिक    सोमबार, माघ २७ २०७६
10.3K
Shares
मेगा बैंकको सिइओलाई‘उत्कृष्ट महिला व्यवस्थापक अवार्ड’

ई–आर्थिक, काठमाडौं। मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली ‘उत्कृष्ट महिला व्यवस्थापक अवार्ड’बाट सम्मानित भएकी छिन्। नेपाल व्यवस्थापन संघ (म्यान)ले आफ्नो साधारण सभाको अवसर पारेर सिइओ खुञ्जेलीलाई सो सम्मान प्रदान गरेको हो ।

शुक्रबार उपराष्ट्रपति नन्दकिशोर पुनले सिइओ खुञ्जेलीलाई अवार्ड प्रदान गरेका हुन्। ‘क’ वर्गको वाणिज्य बैंकको सिइओ बन्ने खुञ्जेली नेपालको प्रथम महिला बैंकर हुन्।अवार्डबाट सम्मानित भएपछि खुसी व्यक्त गर्दै सिइओ खुञ्जेलीले उक्त अवार्डलाई आफूले मेगा बैंक सञ्चालक समिति, संस्थापक, सर्वसाधारण शेयरधनी, ग्राहकवर्गहरु, कर्मचारीलगायतको विश्वासका रुपमा लिएको बताइन्।

खुञ्जेली स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन्। ९ वर्षअघि मेगा बैंकमा नायब महाप्रबन्धकबाट सेवा प्रवेश गरेकि खुञ्जेलीले गत वर्ष वैशाखबाट प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेकी हुन्।

उनको नेतृत्वमा यो अवधिमा बैंकले उल्लेख्य प्रगति गर्न सफल भएको बैंकको भनाइ छ।उनको कार्यकालमा यसै बर्ष बैंक अफ दि एयर जस्तो प्रतिष्ठित सम्मान समेत बैंकले प्राप्त गरेको छ । सन् १९९१ मा तत्कालिन ग्रिनलेज बैंक अर्थात अहिलेको स्ट्यान्डर्ड चार्टड बैंकबाट करिअर सुरु गरेकी उनीसँग २८ वर्षको बैंकिङ करिअरको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij