२०८३ भाद्र ३० मंगलबार

ग्लोबल आईएमई बैंकले १ अर्ब ६८ करोड नाफा कमायो

ई आर्थिक    सोमबार, माघ २७ २०७६
5.4K
Shares
ग्लोबल आईएमई बैंकले १ अर्ब ६८ करोड नाफा कमायो

ई–आर्थिक, काठमाडौं । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको पुससम्ममा एक अर्ब ६८ करोड रुपैयाँ खुद नाफा गरेको छ । जनता बैंकसँग हालै मात्र मर्जर भई सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको बैंकले गत वर्षको यसै अवधिको तुलनामा ४५ करोड ६५ लाख रुपैयाँ नाफा समेत बढाएको छ ।

बैंकले चालु आवको पुससम्ममा १ खर्ब ९७ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९० अर्ब ५२ करोड रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ । १८ अर्ब ९७ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ४८ करोड रुपैयाँ रहेको छ ।

मर्जपछि बैंकको निष्कृय कर्जा भने केही बढेको छ । गत आ.व.को पुससम्म ०.७५ प्रतिशत निष्कृय कर्जा रहेको बैंकको हाल १.२० प्रतिशत पुगेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij