ई–आर्थिक, काठमाडौं । प्रभु बैंक, युके एड–डिएफआईडी अन्तर्गत सञ्चालित सामाजिक क्षेत्रमा कार्यरत संस्था सक्षम, एक्सेस एडभाइजरी र प्रभु मनि ट्रान्सफरको सहकार्य एवं संयुक्त आयोजनामा भारतको मुख्य शहर तथा प्रमुख व्यापारिक केन्द्र मुम्बईमा विभिन्न पेशा र व्यवसायमा संलग्न रहनुभएका प्रवाशी नेपालीहरुलाई लक्षित गरी २ दिने वित्तीय साक्षरता एवं अन्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
विभिन्न पेशा र व्यवसायमा आबद्ध भई भारतको प्रमुख व्यापारिक शहर मुम्बईमा रहनुभएका करिब २०० जना प्रवासी नेपालीहरुको उपस्थिति रहेको उक्त २ दिने वित्तीय साक्षरता एवं अन्र्तक्रियात्मक कार्यक्रममा सहभागीहरुलाई आर्जन गरेको रकम औपचारिक एवं बैंकिङ्ग प्रणाली मार्पmत् नेपालमा रहेका आफन्तजनहरुलाई पठाउने लगायत वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा विज्ञ समूहबाट पर्याप्त जानकारी गराईएको थियो । उक्त अवसरमा सहभागीहरुबाट अन्तरक्रियामा भाग लिँदै नेपालको बैंकिङ्ग प्रणाली, आफुले आर्जन गरेको रकम नेपालमा पठाउने भरपर्दो एवं सरल माध्यम लगायत वित्तीय जानकारी सम्बन्धी जिज्ञासा राखिएको थियो ।

प्रभु बैंक समेतको आयोजनामा आयोजित उक्त वित्तीय साक्षरता एवं अन्तक्र्रियात्मक कार्यक्रममा उत्साहजन उपस्थिति जनाउनुभएका मुम्बाईस्थित प्रवाशी नेपालीहरुले आफुले आर्जन गरेको रकम बैंकिङ्ग प्रणाली मार्पmत् नेपालमा रहेका आफन्तजनहरुलाई पठाउन विगतमा भन्दा सहज महशुस गर्नु हुनेछ र यसबाट नेपालको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।