२०८३ भाद्र ३० मंगलबार

प्रभु बैंकको नयाँ प्रडक्ट ‘बैदेशिक रोजगारी कर्जा’ योजना सञ्चालनमा

ई आर्थिक    आइतबार, माघ १९ २०७६
10.6K
Shares
प्रभु बैंकको नयाँ प्रडक्ट ‘बैदेशिक रोजगारी कर्जा’ योजना सञ्चालनमा

ई–आर्थिक, काठमाडौं । प्रभु बैंक लिमिटेडले प्रदेश न. २ का ५ जिल्लाहरुका प्रवासी कामदारहरलाई लक्षित गरी नयाँ प्रडक्ट सुरू गरेको छ । प्रभुले सञ्चालनमा ल्याएको वैदोशक रोजगारी कर्जा योजना अन्तरगत प्रदेश न. २ का ५ जिल्लाहरु बारा, पर्सा, रौतहट, सप्तरी र सर्लाहीका बैदेशिक रोजगारीमा गएका कामदारहरले विदेशबाटै कर्जा भुक्तानीलगायत सुविधा पाउनेछन ।

प्रवासी कामदार र उनीहरुको परिवारको वित्तीय पहुँच अभिबृद्धि गर्ने उद्देश्यसहित सञ्चालित युके एडको परियोजना अन्र्तगत सीप सञ्चालनमा रहेका प्रदेश न. २ का ५ जिल्लाहरुका प्रवासी कामदार र काम गर्न जान चाहने व्यक्ती एवं तिनको परिवारले यसबाट अधिकतम् लाभ लिनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

बैदेशिक रोजगारी कर्जा योजना सीप युके एड र नेपाल सरकारको सहकार्यमा सञ्चालित परियोजना हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij