२०८३ भाद्र ३० मंगलबार

नयाँ वर्षमा माछापुच्छ्रे बैंकको ‘क्यास ब्याक’ अफर

ई आर्थिक    बुधबार, पौस १६ २०७६
9.3K
Shares
नयाँ वर्षमा माछापुच्छ्रे बैंकको ‘क्यास ब्याक’ अफर

ई–आर्थिक, काठमाडौँ । माछापुच्छ्रे बैंकले अंग्रेजी नयाँ बर्ष २०२०को अवसर पारेर आफ्ना ग्राहकहरुलाई लक्षित नयाँ अफर ल्याएको छ ।

बैंकले नेपाल भित्र बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि विभिन्न बस्तु तथा सेवा खरिद गर्दा रु ५०० क्यास व्याक दिने योजना सार्वजनिक गरेको हो ।
माछापुच्छ्रे बैंकले भिषाको सहकार्यमा २०२० जनवरी र फेब्रवरी महिनाको लागि उक्त अफर संञ्चालनमा ल्याएको जानकारी दिएको छ ।

उक्त योजना अनुसार ग्राहकले माछापुच्छ्रे बैंकको कार्ड प्रयोग गरि पिओएस मेसिनमा कम्तीमा रु ५०० बराबरको ३ वटा छुट्टाछुट्टै कारोबार गरेपछि रु ५०० फिर्ता पाउनेछन् ।

त्यस्तै गरी विभिन्न इकमर्स साईटहरु जस्तै दराज, सस्तो डिल, रिचार्ज र ईसेवा पसल लगायतका अनलाईन सपिङ्ग साईटहरुबाट सामान खरिद गर्दा कम्तीमा रु ५०० बराबरको ३ वटा छुट्टाछुट्टै कारोबार कार्डबाट भुक्तानी गरि, प्रत्येक महिना रु ५०० क्यास व्याक सुविधा प्राप्त गर्न सकिने छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij