२०८३ भाद्र ३० मंगलबार

प्रहरीको क्याम्प बनाउन व्यापारीबाट रकम असुली

ई आर्थिक    आइतबार, फाल्गुन १ २०७३
5.1K
Shares
प्रहरीको क्याम्प बनाउन व्यापारीबाट रकम असुली

१ फागुन, कैलाली । कैलालीको त्रिनगर सीमा नाकामा सशस्त्र प्रहरीको बेस क्याम्पको भवन निर्माण गर्न उपभोक्ता समितिले भारतबाट नेपाल फर्किरहेका व्यापारीबाट रकम असुलिरहेका छन् ।

सशस्त्र प्रहरीको बेस क्याम्प भवनको निर्माणका लागि रु २० लाख लाग्ने भन्दै समितिले नेपाली व्यापारीबाट रु १०० र रु ५० को रसिद दिएर रकम असुली गरिरहेको नेपाली व्यापारीले गुनासो गरेका छन् ।

नेपालीलाई आवतजावतमा सहज होस् भन्नाका लागि नै सशस्त्र प्रहरीको बेस क्याम्प राख्न स्थानीयवासीको सक्रियतामा निर्माण समिति गठन गरिएको र उक्त समितिको निर्णयअनुसार नै रसिद दिएर रकम लिइरहेको उपभोक्ता समितिले जनाएको छ ।

सशस्त्र प्रहरीका प्रहरी निरीक्षक सुरज बस्नेतले भने स्थानीयवासीको सक्रियतामा क्याम्प निर्माण हुने र निर्माण सम्पन्न भएपछि मात्रै सशस्त्र प्रहरीलाई हस्तान्तरण हुने भएकाले रकम असुलीमा सशस्त्र प्रहरीको कुनै संलग्नता नरहेको जानकारी दिनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij