२०८३ साउन ९ शनिबार

युनिक बचत तथा ऋण सहकारीको ९ औं साधारणसभा सम्पन्न

ई आर्थिक    बुधबार, फाल्गुन २ २०७४
9.5K
Shares
युनिक बचत तथा ऋण सहकारीको ९ औं साधारणसभा सम्पन्न

काठमाडौं । युनिक बचत तथा ऋण सहकारी संस्थाको ९औं बार्षिक साधारण सभा सम्पन्न भयो । ललितपुर सहकारीको अगुवा सहकारीकर्मी माधव तिमल्सिनाको प्रमुख अतिथ्यतामा सम्पन्न सो सभामा सञ्चालक समितिकी अध्यक्ष श्रीमती मिथिला खड्काले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष खड्काले विगत बर्षको तुलनामा यस आबको समग्र वित्तीय कारोबारमा उत्साहप्रद प्रगति हासिल गर्न सफल भएको जानकारी गराउनुभयो । संस्थामा २०४२ सेयर सदस्य रहेका छन् भने सेयर ९० लाख पु¥याएको छ । त्यस्तै संस्थाले निक्षेप १० करोड ३४ लाख ७ हजार ७ सय ५८ रुपैयाँ पु¥याएको र कर्जा लगानी ९ करोड ८३ लाख ४२ हजार ८३ रुपैयाँ पुगेको जानकारी दिइएको थियो ।

सभामा सञ्चालक समितिको तर्फबाट कोषाध्यक्ष प्रज्वल खड्काले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा समितिको तर्फबाट संयोजक भोलानाथ खड्काले प्रतिवेदन पेश गर्नुभएको थियो ।

सभामा जिल्ला बचत तथा ऋण सहकारी संघ ललितपुरका उपाध्यक्ष जगतलाल महर्जन, अगुवा सहकारीकर्मी शशिधर पोखरेल, बहुउद्देश्यीय सहकारीका अभियान्ता तुलसी सापकोटालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij