२०८३ भाद्र २९ सोमबार

झण्डै ११ वर्षपछि खिम्ती-ढल्केबर प्रशारण लाइन सञ्चालनमा

ई आर्थिक    बिहिबार, माघ २० २०७३
6.3K
Shares
झण्डै ११ वर्षपछि खिम्ती-ढल्केबर प्रशारण लाइन सञ्चालनमा

२० माघ, काठमाडौं । विगत १७ वर्षदेखि विभिन्न समस्या र अप्ठ्यारोमा अल्झँदै आएको खिम्ती-ढल्केबर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ले बिहीबार दोलखाको खिम्तीमा एक समाहरोहका बीच प्रशारण लाइनको उद्घाटन गर्नुभयो । अब भारतबाट आयात भएको विद्युत् काठमाडौं भित्राउन सुरु भएको छ । प्रशारण लाइनले माघ १ गतेदेखि परीक्षण प्रसारण सुरु गरेको थियो ।

रु दुई अर्ब १३ करोड लागतमा निर्माण सम्पन्न भएको उक्त प्रसारण लाइन झण्डै ११ वर्ष लगाएर यो आयोजना सम्पन्न भएको हो । विश्व बैंकको सहयोगमा निर्माण सुरु भएको सो आयोजना सन् २००९ मा सम्पन्न हुनुपर्ने थियो । जग्गा प्राप्ति, मुआब्जा वितरण, कामको सुस्त गति तथा विभिन्न स्थानीय समस्याका कारण निर्माणमा ढिलाइ भएको थियो । अब भने उक्त प्रसारण लाइनबाट करिब सात सय मेगावाट विद्युत् आयात तथा निर्यात गर्न सकिन्छ ।

अब भारतबाट आयात गरिएको विद्युत् ढल्केबर-खिम्ती-लामोसाँघु हुँदै काठमाडौं भित्राउन सहज भएको छ । प्राधिकरणका अनुसार काठमाडौं ल्याउने बिजुलीका लागि सहज ट्रान्समिसन नहुँदा विद्युतको प्राविधिक चुहावटका कारण १० मेगावाटभन्दा बढी विद्युत् खेर गइरहेको थियो ।

करिब ७३ किलोमिटरको आयोजना सञ्चालनमा आएपछि खिम्ती-काठमाडौँ-भरतपुर हुँदै तराई जोड्ने दुई सय ५० किलोमिटर लामो दुरी पार गर्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij