२०८३ साउन ९ शनिबार

बचत संघ ललितपुरको २२ औं बार्षिक साधारण सभा सम्पन्न

ई आर्थिक    बिहिबार, माघ २० २०७३
13.1K
Shares
बचत संघ ललितपुरको २२ औं बार्षिक साधारण सभा सम्पन्न

ललितपुर ।  बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठन जिल्ला बचत तथा ऋण सहकारी संघ ललितपुरको २२ औं वार्षिक साधारण सभा माननिय रक्षा मन्त्री बालकृष्ड खाँण को प्रमुख आतिथ्यतामा आज सम्पन्न भएको छ ।

ललितपुरको लगनखेल स्थित साझा पार्टी प्यालेसमा बिहान १० बजेबाट सुरु भएको साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष रामशरण घिमिरेले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष लक्ष्मी शाक्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

सहकारी मूल्य मान्यता आदर्श र सिद्धान्तलाई अनुशरण गरी सहकारी पद्धति मार्फत सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्ने उद्देश्यका साथ यस संघ २०५० सालमा स्थापना भएको यस संघमा ४८८ वटा वचत तथा ऋण सहकारी संस्थाहरु आवद्ध भइसकेका छन् ।

lalitpur3

साधारण सभामा आफ्नो मन्तव्य राख्नु हँदै प्रमुख अतिथि माननिय रक्षा मन्त्री बालकृष्ण खाँणले सहकारी देश विकासको सबभन्दा महत्वपूर्ण आधारशिला भएको हँदा सहकारीलाई विशेष महत्व दिएर विश्वासकासाथ अगाडी बढाउनुपर्ने कुरा बताउनुभयो । नेपालमा विकास निमार्णको काम सहकारी मार्फत मात्र सम्भव भएको हँदा सम्पूर्ण महानभावहरुलाई सहकारी क्षेत्रलाई विश्वासको क्षेत्र बनाउनुपर्ने कुरामा विशेष जोड दिनु भएको थियो । मन्त्री खाँडले म पनि सहकारीको सदस्य भएकोले सहकारी क्षेत्रलाई विकास निमार्णको क्षेत्रमा विशेष रुपमा लिन आग्रह गर्नुभएको थियो ।

सम्मानित संस्थाहरु
१) ठेचो महिला साकोस
२) सिन्चाहिटि साकोस
३) कल्यागकारी साकोस
४) प्रतिभा साकोस

सम्मानित कर्मचारी
लेखापाल : श्रृजना श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij