२०८३ भाद्र २७ शनिबार

महिलाहरुको उद्यमशीलता विकासमा सामाजिक संरचना बाधक

ई आर्थिक    सोमबार, पौस ११ २०७३
8.4K
Shares
महिलाहरुको उद्यमशीलता विकासमा सामाजिक संरचना बाधक

महिलाहरुको उद्यमशीलता विकासमा सामाजिक संरचना बाधक रहेको बताउँदै सम्बद्ध वक्ताहरुले त्यसलाई सामना गर्न सबैको सामूहिक प्रयासको खाँचो औल्याएका छन् । ललितपुर उद्योग वाणिज्य संघले आयोजना गरेको महिलाको उद्यमशीलता र सशक्तिकरण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले सो खाँचो औल्याएका हुन् ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ अध्यक्ष भवानी राणाले सामाजिक संरचनासंग जुधेर महिलाहरु आर्थिक विकास अधि बढ्न आत्मविश्वास र एक्सपोजरको क्षमता बढाउनुपर्नेमा जोड दिनुभयो । कमाउन सक्ने महिला हुनुमा महिलाका लागि मात्र नभई घर, परिवार र सबैको विकाससंग जोडिएको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष राणाले महिलालाई आर्थिक विकासमा अघि बढाउनु समाजलाई समृद्धि बनाउनु रहेको धारणा राख्नुभयो ।

उहाँले एक दुई जना महिलाहरु ठूलठूला ओहोदामा पुग्दैमा समग्र महिलाहरुको विकासको भएको मान्न नसकिने बताउँदै समुदायको तृणमूलमा (ग्रास रुट) मा रहेका महिलाहरुलाई आर्थिक रुपमा सशक्तिकरण बनाउनुपर्ने खाँचो पनि औल्याउँनुभयो ।

ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष सविन श्रेष्ठले यस कार्यक्रम महिलाहरुको उद्यमशीलता विकासका लागि संघले आयोजना गरेको सम्भवतः पहिलो कार्यक्रम रहेको बताउनुभयो । महिलाहरुको आर्थिक विकासमा स्वयं महिलाहरुसंगै पुरुषसंगै घर परिवार नै लाग्नुपर्ने पनि उहाँको जोड थियो । अध्यक्ष श्रेष्ठले उद्यमी महिलाहरुको संख्या बढाउन संघ लागिपरेको जानकारी दिँदै राज्यले उपलब्ध गराएका सीमित सुविधाहरु उपयोग गरी महिलाहरु अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

सो अवसरमा घरेलु तथा साना उद्योग कार्यालय ललितपुरका प्रमुख रोशनीकुमारी श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ महिला उद्यम विकास समितिका सभापति कमला श्रेष्ठ, महिला उद्यमीद्वय रीता भट्टराई र सन्तोषी राणाले  महिला उद्यमशीलताका विविध पाटोलाई केन्द्रीत गर्दै कार्यपत्र प्रस्तुत गर्नुभयो । संघका कार्यकारिणी सदस्य एवं महिला उद्यम विकास समितिका संयोजक लजना श्रेष्ठको संयोजकत्वमा भएको सो कार्यक्रममा स्थापित भइसकेको, नवउद्यमी र उद्यमी बन्ने इच्छा गरिराखेका गरी ६८ जना महिलाको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी भएर आर्थिक विकासमा अझ दृढका साथ लाग्न हौसला प्रदान गरेको सहभागी महिलाहरु बताए । कार्यक्रम धेरै प्रभावकारी लाग्यो । बेलाबखत यस्ता कार्यक्रमहरु गर्दै जाने हो भने महिलाहरुको आर्थिक विकासमा ठोस उपलब्धी हुने अनुभव साटासाट गर्ने क्रममा सहभागीहरुको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij