काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयले जबरालाई आइतबार पक्राउ गरेको बताइएको छ। स्रोतका अनुसार उनलाई काठमाडौंको महाराजगञ्जस्थित निवासबाटै पक्राउ गरिएको हो।
जबराको पक्राउबारे थप विस्तृत विवरण भने आउन बाँकी रहेको बताइएको छ।
जबराले २०७५ पुस १७ गते प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। उनीविरुद्ध २०७८ फागुन १ गते संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। महाअभियोग प्रस्ताव दर्ता भएसँगै उनी निलम्बनमा परेका थिए।