२०८३ असोज ८ बिहिबार

स्वास्थ्य बीमाको बक्यौता भुक्तानी सम्पन्न, सेवा प्रदायकलाई ९९ करोड ७२ लाख हस्तान्तरण

ई आर्थिक    बिहिबार, असोज ८ २०८३
190
Shares
स्वास्थ्य बीमाको बक्यौता भुक्तानी सम्पन्न, सेवा प्रदायकलाई ९९ करोड ७२ लाख हस्तान्तरण

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदायक स्वास्थ्य संस्थालाई गर्नुपर्ने अघिल्लो आर्थिक वर्षसम्मको भुक्तानी सम्पन्न भएको छ।

स्वास्थ्य बीमा बोर्डले असार महिनाको ९९ करोड ७२ लाख ७५ हजार २८४ रुपैयाँ २९ पैसा भुक्तानी गरेसँगै अघिल्लो आर्थिक वर्षसम्मको स्वास्थ्य बीमाको भुक्तानी प्रक्रिया सम्पन्न भएको हो।

स्वास्थ्य बीमाको भुक्तानीलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाउँदै आएको स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बताउनुभयो। अघिल्लो आर्थिक वर्षसम्मको भुक्तानी सम्पन्न हुनु स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण प्रगति भएको उहाँको भनाइ छ।

मन्त्री मेहताले स्वास्थ्य बीमालाई नागरिकको स्वास्थ्य उपचारमा पहुँच र आर्थिक सुरक्षासँग जोडिएको महत्वपूर्ण कार्यक्रमका रूपमा सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभयो। अघिल्लो आर्थिक वर्षसम्मको भुक्तानी दायित्व सम्पन्न हुनु स्वास्थ्य बीमा कार्यक्रमका लागि खुसीको विषय भएको उल्लेख गर्दै उहाँले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई समयमै भुक्तानी गर्ने प्रणालीलाई थप व्यवस्थित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

असार महिनाको भुक्तानीसँगै अघिल्लो आर्थिक वर्षसम्म सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई भुक्तानी गर्नुपर्ने दायित्व सम्पन्न भएको स्वास्थ्य बीमा बोर्डले जनाएको छ। बोर्डका अनुसार स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन दाबी व्यवस्थापन तथा भुक्तानी प्रक्रियालाई नियमित र व्यवस्थित बनाउने कार्यलाई प्राथमिकता दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij