२०८३ असोज ८ बिहिबार

साँगा–धुलिखेल सडकखण्डको निर्माण तीव्र, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै

ई आर्थिक    बिहिबार, असोज ८ २०८३
190
Shares
साँगा–धुलिखेल सडकखण्डको निर्माण तीव्र, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै

काभ्रे ।  सूर्यविनायक–धुलिखेल सडक आयोजना अन्तर्गत साँगादेखि धुलिखेलसम्मको सडकखण्डमा निर्माण कार्यले तीव्रता पाएको छ। आयोजनाअन्तर्गत हाल साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको छ।

बनेपा बजार क्षेत्रमा भने सडक विस्तार तथा स्तरोन्नतिका लागि पर्खाल, नाली तथा ढल निर्माणको काम अघि बढाइएको छ। त्यस्तै, विभिन्न स्थानमा मिडियन निर्माण तथा सर्भिस लेनमा बेस निर्माणको कामसमेत भइरहेको छ।

सडक निर्माणलाई निर्धारित गतिमा अघि बढाउन पूर्वाधार विकास मन्त्रालयले आयोजनाको नियमित निरीक्षण तथा आवश्यक सहजीकरण गरिरहेको जनाएको छ।

सडकखण्डको निर्माण सम्पन्न भएपछि साँगा–धुलिखेल आवागमन थप सहज हुनुका साथै बनेपा बजार क्षेत्रमा देखिँदै आएको सडक पूर्वाधारसम्बन्धी समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij