२०८३ असोज ४ आइतबार

सप्तरीमा २० क्विन्टल गाँजासहित दुई जना पक्राउ

ई आर्थिक    आइतबार, असोज ४ २०८३
152
Shares
सप्तरीमा २० क्विन्टल गाँजासहित दुई जना पक्राउ

सप्तरी ।  सप्तरीको डाक्नेश्वरी नगरपालिका–६, फत्तेपुरबाट प्रहरीले २० क्विन्टल गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीबाट नियमित गस्तीमा खटिएको प्रहरी टोलीले आज बिहान स्थानीय भोला सदा र मङ्गल मुखियाको घरमा तलासी गर्दा ठूलो परिमाणमा गाँजा बरामद गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।

प्रहरीका अनुसार सदाको घरबाट ५६ पोका र मुखियाको घरबाट आठ पोका गरी जम्मा ६४ पोका गाँजा बरामद गरिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij