२०८३ असोज ४ आइतबार

वीरगञ्ज भन्सारबाट २३ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन

ई आर्थिक    आइतबार, असोज ४ २०८३
133
Shares
वीरगञ्ज भन्सारबाट २३ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन

पर्सा।  वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २३ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आव २०८३/८४ को भदौमा २३ अर्ब ४६ करोड १५ लाख राजस्व संकलन भएको हो। यो कार्यालयलाई दिइएको मासिक लक्ष्यको ९९.७५ प्रतिशत हो।

भदौ मसान्तसम्मको संकलनसँगै चालु आर्थिक वर्षको वार्षिक राजस्व लक्ष्यको १४.५२ प्रतिशत पूरा भएको भन्सार कार्यालयका प्रमुख भन्सार कार्यालयका प्रवक्ता पूर्णप्रसाद लम्सालले जानकारी दिए।

मूल्य तथा राजस्व योगदानका आधारमा बिस्कुट, दलहन, कपडा तथा लत्ताकपडा, औद्योगिक कच्चा पदार्थ र खाद्यान्न प्रमुख आयातित वस्तु रहेको भन्सार कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij