२०८३ असोज २ शुक्रबार

त्रिभुवन विमानस्थलबाट एक महिनामा १ किलो ६४३ ग्राम सुनसहित ४५ जना पक्राउ

ई आर्थिक    शुक्रबार, असोज २ २०८३
95
Shares
त्रिभुवन विमानस्थलबाट एक महिनामा १ किलो ६४३ ग्राम सुनसहित ४५ जना पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा अवैध रूपमा सुन ओसारपसार गरेको आरोपमा ४५ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट कुल १ किलो ६४३ ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार गत साउन १ गतेदेखि भदौ ३१ गतेसम्म विभिन्न समयमा गरिएको सुरक्षा जाँचका क्रममा सुनसहित ती व्यक्तिहरू पक्राउ परेका हुन्। बरामद सुनको मूल्य करिब १ करोड २५ लाख १८६ रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।

विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालका अनुसार विदेशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किने नेपाली यात्रुलाई प्रयोग गरी सुन अवैध रूपमा भित्र्याउने गरेको सूचनाका आधारमा सुरक्षा निगरानी तथा जाँचलाई कडाइ गरिएको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा केही नेपाली यात्रुलाई ज्यालाको प्रलोभनमा पारी तस्करहरूले सुन बोकाएर नेपाल पठाउने गरेको खुलेको प्रहरीको भनाइ छ। यात्रुलाई माध्यम बनाएर सुन ओसारपसार गराउने गिरोहको गतिविधिमाथि विमानस्थलमा निगरानी थप बढाइएको प्रहरीले जनाएको छ।

बरामद सुन तथा पक्राउ परेकामाथि सम्बन्धित निकायसँग समन्वय गरी थप अनुसन्धान भइरहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। घटनामा संलग्न देखिएका व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij