२०८३ भाद्र २४ बुधबार

मुस्ताङ भन्सारले दुई सातामै उठायो ५६ करोड रूपैयाँभन्दा बढी राजस्व

ई आर्थिक    बुधबार, भाद्र २४ २०८३
114
Shares
मुस्ताङ भन्सारले दुई सातामै उठायो ५६ करोड रूपैयाँभन्दा बढी राजस्व

मुस्ताङ । भोटेकोशी बाढीका कारण (रसुवागढी-केरुङ) नाका पूर्णरूपमा बन्द भएपछि मुस्ताङ भन्सार कार्यालयमा राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ। भन्सार कार्यालयका अनुसार यही भदौ १० देखि २३ गतेसम्म ५६ करोड रूपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।

रसुवा र तातोपानी नाका एकैसाथ बन्द हुँदा मुस्ताङ भन्सार कार्यालय मात्रै वैकल्पिक नाका बनेको छ। कोरला नाका हुँदै नेपाल प्रवेश गरेका ८८ वटा मालवाहक कन्टेनर र १३० वटा विद्युतीय सवारी (ईभी) को भन्सार जाँचपास भएको भन्सार प्रमुख विदुर चुडालले जानकारी दिए।

दैनिक १५ वटासम्म विद्युतीय सवारी र १० वटा बढी मालवस्तु पैठारी गरिएका कन्टेनर कोरला नाकाबाट भित्रिएको छ।

भन्सार प्रमुख चुडालका अनुसार चालु आवको साउनदेखि भदौ १० गतेसम्म १६३ विद्युतीय सवारी र १३३ वटा मालवस्तु बोकेको कन्नेटरको भन्सार जाँचपास गरिएको थियो। चालिस दिनमा ५२ करोड ८० लाख रूपैयाँ राजस्व संकलन भएको थियो। सो भन्सार कार्यालयले हालसम्म १ अर्ब ८ करोड ८० लाख रूपैयाँ राजस्व संकलन भएको छ।

आव २०८२/८३ मा मुस्ताङ भन्सारले ६ अर्ब ९२ करोड रूपैयाँ राजस्व संकलन गरेको थियो। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij