२०८३ भाद्र २३ मंगलबार

भोटेकोशी बाढीपीडितका लागि नाइमाले गर्‍यो ५० लाख सहयोग

ई आर्थिक    मंगलबार, भाद्र २३ २०८३
589
Shares
भोटेकोशी बाढीपीडितका लागि नाइमाले गर्‍यो ५० लाख सहयोग

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले भोटेकोशी बाढी प्रभावितका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ।

नाइमाका अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो।

सहयोग हस्तान्तरण गर्दै अध्यक्ष वैद्यले रकम तुलनात्मक रूपमा सानो भए पनि यसको मूल उद्देश्य विपद्को समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै साथ दिनु रहेको बताइन्।

उनले नाइमाका सदस्य कम्पनीसहित नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको तर्फबाट सहयोग गरिएको जानकारी दिइन्।

विपद्का समयमा नाइमा सरकार र प्रभावित समुदायसँगै उभिँदै आएको र आगामी दिनमा पनि आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता वैद्यले व्यक्त गरिन्।

‘यो केवल आर्थिक सहयोग मात्र होइन, कठिन समयमा हामी प्रभावित समुदायसँगै छौँ भन्ने ऐक्यबद्धताको सन्देश पनि हो,’ उनले भनिन्।

भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि विभिन्न संघसंस्था तथा निजी क्षेत्रले प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij