२०८३ भाद्र २२ सोमबार

भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले गर्‍यो १ करोड ३८ लाख सहयोग

ई आर्थिक    सोमबार, भाद्र २२ २०८३
570
Shares
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले गर्‍यो १ करोड ३८ लाख सहयोग

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोटेकोशी बाढी प्रभावितका लागि १ करोड ३८ लाख ९९ हजार ४२५ रुपैयाँ सहयोग गरेको छ।

राष्ट्र बैंकले सोमबार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। बाढी प्रभावितको उद्धार तथा राहतका लागि राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारीबाट संकलित रकम कोषमा जम्मा गरिएको राष्ट्र बैंकले जनाएको छ।

गत भदौ १० गते आएको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि गभर्नर, डेपुटी गभर्नरसहित राष्ट्र बैंकमा कार्यरत स्थायी तथा करार सेवाका कर्मचारीले सामूहिक रूपमा आर्थिक योगदान गरेका थिए।

सोही योगदानबाट संकलित १ करोड ३८ लाख ९९ हजार ४२५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

राष्ट्र बैंकले विपद्को समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कर्मचारीहरूको सामूहिक योगदानबाट रकम संकलन गरिएको जनाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij