२०८३ भाद्र २१ आइतबार

रसुवाका २० झोलुङ्गे पुल मर्मत हुँदै, ३३ पुल पुनःनिर्माणको तयारी

ई आर्थिक    आइतबार, भाद्र २१ २०८३
589
Shares
रसुवाका २० झोलुङ्गे पुल मर्मत हुँदै, ३३ पुल पुनःनिर्माणको तयारी

रसुवा । भोटेकोशी नदीमा आएको बाढीबाट क्षति पुगेका २० वटा झोलुङ्गे पुलको मर्मतमा सरकार युद्धस्तरमा जुटेको छ।

गत भदौ १० गते आएको बाढीले मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटा पुलमा क्षति पुर्‍याएको थियो। बाढीपछि सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर गरेको स्थलगत मूल्याङ्कनका क्रममा क्षति पुगेका ५३ मध्ये २० वटा झोलुङ्गे पुल मर्मत गर्नुपर्ने निष्कर्ष निकालेका थिए।

यी पुलको मर्मतका लागि सरकारले भदौ १७ गते कार्यादेश जारी गरेको थियो। त्यसमध्ये महेश दोभान–मास्टार, कालिकाथान, मलिङ्गा–मझुवाटार, केउरेनी–गहते र पिमलटार–जागराम खोला झोलुङ्गे पुलको मर्मतमा प्रगति भएको छ। यी पाँचवटा झोलुङ्गे पुलको मर्मत एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

त्यसैगरी, पुनःनिर्माण गर्नुपर्ने ३३ वटा झोलुङ्गे पुलका लागि पनि सरकारले भदौ १७ गते नै बोलपत्र आह्वान गरिसकेको छ।

बाढीबाट क्षतिग्रस्त पुलहरूको मर्मत तथा पुनःनिर्माण सम्पन्न भएपछि प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको आवतजावत सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij