२०८३ भाद्र २१ आइतबार

भोटेकोशी बाढीपछि नेपाल–चीन सीमा क्षेत्रमा पुनः राष्ट्रिय झण्डा फहराइयो

ई आर्थिक    आइतबार, भाद्र २१ २०८३
114
Shares
भोटेकोशी बाढीपछि नेपाल–चीन सीमा क्षेत्रमा पुनः राष्ट्रिय झण्डा फहराइयो

काठमाडौं । भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण नेपाल–चीन सीमा क्षेत्रमा रहेका भौतिक संरचनाका साथै सीमा स्तम्भहरूसमेत बगेका थिए। बाढीपछि नेपाली सीमामा राष्ट्रिय झण्डा पुनर्स्थापना गरिएको छ।

पछिल्लो तीन दिनको निरन्तर प्रयासपछि नेपाली सीमा क्षेत्रमा राष्ट्रिय झण्डा पुनः फहराइएको हो। बाढीको प्रभाव र नदी कटान जारी रहेकाले नेपालतर्फबाट सीमा पहिचान गरी झण्डा गाड्न निकै असहज भएको थियो।

जोखिमपूर्ण अवस्थाका बाबजुद सशस्त्र प्रहरी बल, नेपाल र नेपाली सेनाको समन्वयमा नेपाली सीमा क्षेत्रमा पुनः नेपालको राष्ट्रिय झण्डा फहराइएको हो।

बाढीका कारण सीमा क्षेत्रमा क्षति पुगेपछि सीमा पहिचान तथा राष्ट्रिय झण्डा पुनर्स्थापनाका लागि सुरक्षा निकायले निरन्तर प्रयास गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij