२०८३ भाद्र २० शनिबार

भोटेकोशी बाढीबाट मृत्य पुष्टिको संख्या एक हजार ३४४ पुग्यो, हजारौं वेपत्ताको खोजी जारी

ई आर्थिक    शनिबार, भाद्र २० २०८३
228
Shares
भोटेकोशी बाढीबाट मृत्य पुष्टिको संख्या एक हजार ३४४ पुग्यो, हजारौं वेपत्ताको खोजी जारी

काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपाल प्रहरीले खोज, उद्धार, शव व्यवस्थापन तथा राहत कार्यलाई तीव्रता दिएको छ। नेपाल प्रहरीको पछिल्लो अपडेटअनुसार बाढी प्रभावित क्षेत्रमा सात हजारभन्दा बढी प्रहरी कर्मचारी परिचालन गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको उद्धार तथा खोज अभियानअन्तर्गत ठुलो सङ्ख्यामा नागरिकको उद्धार गरिएको छ भने एक हजार ३४४ वटा शव फेला परेको विवरण सार्वजनिक गरिएको छ। फेला परेका शवमध्ये ५२ बालक, ३३ बालिका, २६९ महिला र ४८९ पुरुष रहेको विवरणमा उल्लेख छ।

शवको पहिचानका लागि डीएनए नमुना संकलनलाई समेत तीव्र बनाइएको छ। हालसम्म एक हजार २६० मृतकको डीएनए संकलन गरिएको र ९७२ जना मृतकका आफन्तको डीएनए नमुना संकलन भएको उल्लेख छ। यसबाट जम्मा दुई हजार २३२ डीएनए नमुना संकलन भएको छ।

प्रहरीका अनुसार विभिन्न स्थानमा रहेका होल्डिङ सेन्टरमा तीा हजार ६५५ जना राखिएका छन्। यस्तै पहिचान नखुलेका व्यक्तिहरू तथा शवसम्बन्धी विवरण वेबसाइटमा समेत अपलोड गरिएको छ।

बाढीपछि बेपत्ता व्यक्तिको खोजी, घाइतेको उद्धार, राहत वितरण, शव व्यवस्थापन तथा अवरुद्ध सडक खुलाउने कामलाई प्रहरीले प्राथमिकताका साथ अघि बढाएको छ। साथै प्रभावित समुदायमा सचेतना अभिवृद्धिका लागि १११ वटा कार्यक्रम सञ्चालन गरी ४१ हजार ८३८ जनालाई सहभागी गराइएको विवरणमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij